🏀 बास्केटबल

अक्सब्रिज सेमीफाइनलमा

काठमाडौं-आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको प्लस टुतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । महालक्ष्मीस्थानस्थित घरेलु कोर्टमा अक्सब्रिजले बर्नहार्टलाई १९–१० ले पराजित ग¥यो । अक्सब्रिजका सिर्जन महतले १० स्कोर गरे ।प्लस टुमै टाइम्स, नवोदित र टिम रुकिज पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे । टाइम्सले क्याम्प अन द कोर्टलाई १९–१५ ले हरायो । टाइम्सका पेम्बा शेर्पाले ८ अंक जोडे । नवोदितले युलेन्सलाई १०–९ तथा रुकिजले ह्वाइटहाउसलाई १६–१४ ले पाखा लगाए… पुरा पढौ

आर्मी ‘ए’ च्याम्पियन

काठमाडौं-नेपाल आर्मी ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा आर्मी ‘ए’ ले गोल्डेनगेट ‘ए’ लाई २१–१५ ले पराजित ग¥यो । उपाधिसंगै आर्मी ‘ए’ ले ४० हजार नगद पुरस्कार पायो । उपविजेता गोल्डेनगेट ‘ए’ ले २० हजार नगद पुरस्कारमा चित्त बुझायो । नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा आर्मी ‘ए’ का विनोद महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले १०… पुरा पढौ

गोल्डेनगेटलाई सफलता

काठमाडौं-गोल्डेनगेट ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा गोल्डेनगेट ‘ए’ ले कीर्तिपुर ‘ए’ लाई २१–१५ ले पराजित ग¥यो । नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको अन्य खेलमा नेपाली सेना ‘ए’ ले नखिपोट ‘ए’ लाई २१–८, बूढानीलकण्ठ ‘ए’ ले युलेन्सलाई १९–१७, कीर्तिपुर ‘बी’ ले नखिपोट ‘सी’ लाई २१–६, टाइम्स ‘ए’ ले गोल्डेनगेट ‘बी’ लाई १९–१४, रोयल्सले कीर्तिपुर ‘सी’ लाई २१–६ तथा विशाल मिलन… पुरा पढौ

बास्केटबलमा २० टिम

काठमाडौं- ललितपुर जिल्ला बास्केटबल संघको आयोजनामा थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा १० टिमको सहभागिता रहने आयोजक संघका महासचिव शरद विष्टले जनाएका छन् । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरसकृत गरिने छ । नेपाल बास्केटबल संघको सहयोगमा हुन लागेको प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुने छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल शनिबार हुने छ । पुरा पढौ

लिम्पियाद्वारा खेलाडी सम्मानित

काठमाडौं-जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रबार सम्मान गरेको छ । गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाका छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो । भदौमा मात्र लिम्पियाले विभिन्न १० थ्री बाइ थ्री प्रतियोगितामा सहभागिता जनाएकोमा ८ पटक उपाधि जित्न सफल भएको थियो । त्यस क्रममा संगम साम्देन तामाङ ४ पटक, विवेक यादव २ पटक र दीपेश कार्की १ पटक ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । उनीहरुसहित टोलीका महत्वपूर्ण सदस्य स्विकार कुन्वर पनि… पुरा पढौ

लोमान्थाङको खेलग्राममा बास्केटबल र भलिबल कोर्ट तयार गरिदैं

पोखरा-एक वर्ष अघि हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा खेलग्राम निर्माण शुरु गरिएको थियो । लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । फुटबल मैदान सम्याएर छोडिएको छ । गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको हो । नयाँ आर्थिक वर्षसँगै काम अघि बढ्ने विश्वास गरिएको छ । किमलिङ–६ मा निर्माणाधिन खेलग्राम ३ सय ८ मिटर लम्बाई र १२० मिटर चौडाईको छ । मैदानको पूर्व तर्फ १ सय २०… पुरा पढौ

लेकर्ससँग लिब्रोन जेम्सको दुईवर्षे सम्झौता

एजेन्सी-अमेरिकन व्यवसायिक बास्केटबल खेलाडी लिब्रोन जेम्सलाई लसएन्जलस लेकर्सले थप दुई वर्षको लागि सम्झौता गरेको छ । ३६ वर्षिय जेम्सलाई थप दुई सिजनको लागि ८५ मिलियन अमेरिकन डलरमा सम्झौता गरिएको उनका एजेन्ट रिच पाउलले ईएसपिएनसँग बताएका छन् । उनले दुईवर्षे सम्झौता टुग्याउँदा ३८ वर्षको लाग्ने छन् । उनले सम्झौता अवधिन २०२२-२३ सम्म लेकर्सबाट खेल्ने छन् । सिजनको पहिलो वर्ष २०२१-२०२२ मा ४१ दशमलव १८५ मिलियन डलर पाउने छन् । दोस्रो वर्षमा उनले ४४ दशमलब ४७४ मिलियन डलर पाउने छन् । सिजन… पुरा पढौ

तनहुँमा बन्यो दुईवटा बास्केटबल कोर्ट

पोखरा-राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त आर्थिक सहयोगबाट तनहुँको दमौलस्थित निर्मल माविमा दुईवटा बास्केटबल कोर्ट निर्माण गरिएको छ । विद्यालयको प्रागंणभित्र बनाईएको दुई वटा कोर्ट निर्माणले बास्केटबल खेलको विकास र विस्तारमा टेवा पुग्ने विश्वास छ । परिषदले उपलब्ध गराएको ४० लाख रुपैयाँबाट कोर्ट निर्माण गरिएको हो । कोर्ट अन्तराष्ट्रिय मापदण्ड अनुसार बनाईएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्राविधिक ई. प्रनिस ताम्राकारले बताए । उनका अनुसार एकै ठाँउमा दुई वटा कोर्ट गण्डकी प्रदेशका अन्य जिल्लामा भने छैन् । निर्माणपछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद… पुरा पढौ

मियामी हिटमाथि लेकर्सको जित, सिरिज ४–२

एजेन्सीएनबीए बास्केटबल सिरिज अन्तर्गत सोमबार विहान लस एन्जलस लेकर्सले मियामी हिटसँगको छैटौं खेल जित्दै सिरिज ४–२ ले अग्रता बनाएका छन् । दोस्रो क्र्वाटरमा २० स्कोरको फरक परेपछि लेकर्सले हिटलाई १०६–९३ स्कोरले पराजित गर्दै सिरिज आफनो बलियो पकड बनाएको छ । लेकर्सले लिब्रोन जेम्स प्रेरित खेलमा पहिलो क्र्वाटरमा २८–२० स्कोरले अग्रता लिएको थियो । दोस्रो क्र्वाटर ३६–१६ को स्थितिमा टुंगिएको थियो । तेस्रो क्र्वाटरमा लेकर्सले २३–२२ को झिनो अन्तरले अग्रता बनाईराख्यो । तर चौथो क्र्वाटरमा हिटले १९–३५ ले कमव्याक गर्न खोजेपछि… पुरा पढौ

लेकर्समाथि हिटको दोस्रो जित, सिरिज ३-२

एजेन्सी-एनबीए अन्तर्गत लस एन्जलस लेकर्ससँगको पाँचौ खेलमा जित निकाल्दै मियामी हिटले सिरिज ३-२ मा झारेको छ । लेकर्सलाई गएराती भएको प्रतिस्पर्धामा हिटले ३ स्कोरको झिनो अन्तरले पराजित गरेको हो । अन्तिम क्र्वाटरमा तीन अंकले पछि परेपनि हिटले अघिल्ला तीन क्र्वाटरमा निकालेको ६ अंकको अग्रताले जितको हकदार बनाएको हो । पाँचौ खेलको श्रृंखलामा हिटले १११-१०८ को स्कोरमा पराजित गरेको थियो । पहिलो क्वार्टरमा हिटले २५-२४ ले अग्रता लिदाँ दोस्रो क्वार्टरमा पनि ३५-३२ ले अगाडि नै रह्यो । तेस्रो क्वार्टरमा भने २८-२६… पुरा पढौ