दाैड

अन्तराष्ट्रिय श्रवणदृष्टिविहीन दिवसमा सडक दौड

पोखरा-यही असार १३ गते अन्तराष्ट्रिय श्रवणदृष्टिविहीन दिवसको अवसरमा श्रवणदृष्टिविहीन संघ पोखराले पाँच किलोमिटर खुल्ला महिला तथा पुरुष दौड आयोजना गर्ने निर्णय गरेको छ । श्रवणदृष्टिविहीन प्रति समाजमा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले पहिलो पटक महिला तथा पुरुष दौड आयोजना गर्ने तयारीमा गरेको हो । संघका अध्यक्ष पुष्पराज रिमालले श्रवणदृष्टिविहीनता सम्बन्धी बुझाई बृद्धि गर्न पाँचकिलोमिटर दौड आयोजना गरिएको स्पष्ट पारे ।पोखराको सृजनाचोकबाट शुरु भई दौड रत्नचोक, राष्ट्रिबैंक चोकहुदैं ड्यामसाईड पुगेर ड्यामसाईडबाट पार्दीमाथि मुस्ताङचोक हुदैं पृथ्वीचोक, सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा पुगेर समापन हुने… पुरा पढौ

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज नाइट रनको उपाधि

नेपालगन्ज-दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि नेपाली सेनाका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् । वल्र्ड रनिङको आधिकारिक संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस९एम्स०बाट प्रमाणीकरण भएको रुटमा शनिवार राति भएको रोड रेसमा १० किमी खुला पुरुषतर्फ अक्कलले ३२ः१८ः०० मिनेटमा निर्धारित दुरी पुरा गर्दै प्रथम हुँदा भुपेन्द्र सुनार दोस्रो भए । उनले ३३ः०४ः७७ मिनेटमा दुरी पुरा गरे । यसमा बाँके नरैनापुरका अरविन्द यादवले ३३ः०८ः०९ मिनेटमा पुरा गर्दै तेस्रो भए । महिला १०किमीतर्फ धादिङकी सन्तोषी ३९ः०९ः००… पुरा पढौ

रात्रिकालीन सडक दौड, दार्चुलाका मुकेश प्रथम,फ्रान्सका स्याम्यूल विजेता

पोखरा-पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भएका छन् । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए । ‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १७ ३१ः६७ मिनेटमा… पुरा पढौ

गण्डकीलाई १५ सयमा दुई स्वर्ण

पोखरा-शनिबारदेखि शुरु भएको यु २० एथलेटिक्स च्याम्पियनसिपमा गण्डकी प्रदेशले दुई स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ सय मिटर दौडमा गण्डकीका नारायणी भण्डारी र बादल कार्कीले स्वर्ण पदक जितेका हुन् । नारायणी भण्डारीले १५ मिटर दौड ५ मिनेट १० सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण पदक जितिन् । त्यस्तै बागमती प्रदेशकी भगवती खड्काले ५ मिनेट १६.६३ सेकेण्डको समय लगाउँदै रजत र लुम्बिनी प्रदेशकी गुञ्ज यादवले ५ मिनेट २७. ९१ सेकेण्डमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् । नेपाल एथलेटिक्स… पुरा पढौ

आगामी शनिबार पोखरामा रात्रीकालिन सडक दौड

पोखरा-पोखरामा आगामी शनिबार रात्रीकालिन सडक दौड हुदैं छ । पोखराको बजारमा पोखरा पहिलो पटक पोखरा नाईट स्ट्रिट रन हुने छ । यसै वर्ष नेपालगन्जमा रात्रीकालिन दौड आयोजना गरिएको थियो । दौडका संयोजक दीननाथ बरालका अनुसार सडक दौड ५ किलोमिटरको हुने छ । यद्यपी दुरी झण्डै ७ किलोमिटरको हुने अनुमान गरिएको छ । पोखराका लेकसाईडस्थित सेन्टरप्वाईन्टबाट हल्लनचोक हुदैं जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोकबाट उक्लिएर न्युरोडबाट विपिचोक हुदैं महेन्द्रपुलस्थित झण्डा पार्कमा पुगेर टुंगिने छ । पोखरा होटल संघले फेवा नव वर्षको आयोजना गर्दै छ… पुरा पढौ

रात्रीकालिन दौड, चुनौतिको भार

पोखरा-यही चैत अन्तिम साता पोखरामा नाईट रन(रात्रीकालिन दौड) आयोजना हुदैं छ । जुन पोखरामा पहिलो पटक आयोजना हुने छ । दौड केबल साढे पाँच किलोमिटरको हुने आयोजकले जनाएको छ । रात्रीकालिन दौड आयोजना गरिरहँदा चुनौति बढी रहेको औल्याइएको छ । रात्रीकालिन दौड त्यसमा पनि राती स्वयसेवक व्यवस्थापन, सवारी व्यवस्थापन, कृत्रिम प्रकाश(बत्ती)को व्यवस्थापन लगायतका चुनौति छन् । ती चुनौतिप्रति गम्भीर बन्नुपर्ने सुझाव खेल सघका पदाधिकारीले औंल्याएका छन् । पोखरामा नयाँ इभेण्टको रुपमा रहेको रात्रीकालिन दौड आफैंमा चुनौतिपूर्ण रहेको जिकिर उनीहरुको थियो… पुरा पढौ

लेखनाथ सहकारीको स्थापना दिवसमा दौड

लेखनाथ-कास्की पोखरा महानगरपालिका वडा नम्वर २६ को अर्घौचोकमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी सस्थाको १८ औं स्थापना दिवसको अवसरमा अन्तर सहकारी खुल्ला दौड प्रतियोगिता आयोजना गरिएको छ । सहकारी÷सहकारीका विचको एकतालाई जोड दिने उदेस्यले शनिवार राखिएको पाँच किलोमिटर खुल्ला महिला÷ पुरुष दौड प्रतियोगिताको महिला तर्फ पवित्रा लामिछानेले निर्धारीत दुरी २९.१५ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेकी छन् भने आसिका लामिछानेले दितिय,पार्वती अधिकारीले तृतिय र माया पौडेल,पवित्रा नेपाली,अंकिता लामिछाने,नारायणी अधिकारी र इन्दु कुमारी सापकोटाले सान्तोना स्थान हासिल गरेका हुन्… पुरा पढौ

नारायणी र मिङमार च्याम्पियन

पोखरा-शनिबार पोखरामा आयोजित पोखरा टेन के रोड रेसको उपाधि महिला तर्फ नारायणी भण्डारी र पुरुष तर्फ मिङमारसिंगी तामाङले जित्नुभएको छ । तामाङले रोड रेस ३१ मिनेटमा पुरा गर्दै च्याम्पियन बन्दा महिला तर्फ च्याम्पियन बनेकी नारायणीले ४१.२३ मिनेटमा पुरा गर्नुभएको थियो । पुरुष तर्फ दिलबहादुर बुढाले ३१.३९ मिनेटमा पुरा गर्दै दोस्रो स्थानमा रहँदा बादल कार्कीले ३३ मिनेट ०८ सेकेण्डको समयमा पार गर्दै तेस्रो स्थानमा चिक्त बुझाउनुभयो । त्यस्तै गौतम श्रेष्ठले ३३ मिनेट १२ सेकेण्डमा पुरा गर्दै चौथो र कमल नेपालीले ३३… पुरा पढौ

शनिबार पोखरा टेन के रोड रेस

पोखरा-शनिबार पोखरामा दशकिलोमिटर सडक दौड(पोखरा टेन के रन) हुदैं छ । एथलेटिक्स संघ कास्कीले पहिलो पटक सडक दौड सम्पन्न गर्ने संघारमा छ । पोखरा मात्रै एउटा यस्तो शहर हो जहाँ म्याराथन, हाफ म्याराथन र टन के रोड रेस हुदैं छ । एथलेटिक्स खेल मार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्ेश्यसहित संघले पोखरा टेन के रोड रेस गर्दै छ । रोड रेस पुरा गर्ने सबै धावकहरुलाई पदक प्रदान गर्ने निर्णय समेत कास्की जिल्ला एथलेटिक्स संघले जनाएको छ । गत वर्ष पोखरा ओपन… पुरा पढौ

कार्तिक अन्तिम साता पोखरा टेन के रन

पोखरा-पोखरामा पहिलो पटक महिला तथा पुरुष ओपन पोखरा टेन के रन (दश किलोमिटर दौड) आयोजना हुदैं छ । कास्की जिल्ला एथलेटिक्स संघले पहिलो पटक दश किलोमिटर दौड आयोजना गर्ने अन्तिम तयारीमा जुटेको छ । यही कार्तिक २९ गते शनिबार दौड आयोजना गरिने संघले जनाएको छ । पहिलो पटक आयोजनाको संघारमा रहेको टेन के रनलाई एक्सट्रिम इनर्जी ड्रिङ्कले मुख्य प्रायोजन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको छ । दौडले धावकलाई नयाँ प्लेटफर्म दिनेसँगै खेल पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास… पुरा पढौ