
पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज विरुद्धको खेलमा शुक्रबार शतक प्रहार गरे ।
रोहित पौडेलको कप्तानीमा वल्र्डकप क्रिकेट लिग २ को लागि १५ सदस्यीय टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघले शुक्रबार सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरी(उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् । बैकल्पिक खेलाडीमा साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरा रहेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…