ललितपुर-ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितको दोश्रो दिन दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भए । जसमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा, माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लबका क्षितिज भण्डारी, दोलखाका सुमित पन्त, गजुरमुखी चेस क्लबका रिजेन्द्र राजभण्डारी, प्रकाश नेपाल र करुणामय साकोसका पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठले समान ९ अंकका साथ संयुक्त अग्रता लिएका छन् । ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको दोश्रो चरणको खेलमा शिर्ष वरियताका खेलाडी…
पुरा पढौ