कर्पोरेट

गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन

पोखरा-पर्वत निवासी कुसाङ कुमार गुरुङले पोखरामा आयोजना हुने पर्वतीय दौड तेस्रो संस्करणको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । गुरुङ मलेसियामा आयोजित माउन्टे किन वालु कल्यमबथनमा ह्याट्रिक गरी ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल अन्तर्राष्ट्रियस्तरका धावक हुन् । असोज २४ गते आयोजना हुन गइरहेको तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको लागि विभिन्न संस्थाले सहयोगी भूमिकका खेलेका छन् । प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ५० हजार दोश्रोलाई ३० हजार र तेश्रो हुनेलाई १५ हजार पुरस्कार प्रदान गरिने भएको छ । खुल्ला सहित… पुरा पढौ

असोज अन्तिममा पर्वतमा हाफ म्याराथन

पर्वत -पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।दुर्लुङकोट म्याराथन समाजको आयोजनामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचार तथा युवाहरूलाई खेलकुद र स्वस्थ जीवनशैलीमा जोड्ने उद्देश्यका साथ आगामी असोज ३१ गते म्याराथन आयोजना गर्न लागिएको हो। हिन्दुहरूको महान चाड बडादसैँको अवसर पारेर ूदौडौं स्वास्थ्यका लागि, जोडौं समाजका लागि, दुर्लुङकोट चिनाऔँ, खेलकुदसँग जोडाऔूँ भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।म्याराथन प्रतियोगिता पर्वतको मोदी गाउँपालिकाको पातिचौरबाट सुरु भइ कुश्मा बजार हुँदै दुर्लुङकोट पुगेर टुंगिनेगरी रुट तय… पुरा पढौ

तालमा पानी खेल गतिविध गर्न सहमतिको खाँचो

धन बस्नेत,पोखरा ।साहसिक खेलको पर्याय बनेको पोखरामा अब पानीका खेल सञ्चालन गर्ने नीति पोखरा महानगरपालिकाले लिएको छ । सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्तर्गत कास्कीको नौ ताल मध्ये बेगनासलाई पानीको साहसिक खेलको हब बनाउने अभियानमा सहमति र सहकार्य गर्नुपर्ने खाँचो औल्याइएको छ । पोखरा महानगरपालिकाले पोखराको दोस्रो ठूलो ताल बेगनासलाई वाटर स्पोर्टस हब(पानी खेलको केन्द्र) बनाउनुपर्नेमा जोडदिदैं आएको छ । “हामीले चार वर्ष अघि नै बेगनास तालमा वाटर स्र्पोटस हब बनाउने योजना बनाएका थियौं ।” पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बुधबार… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीलाई फुटसलको उपाधि

पोखरा-पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएफएसजे)ले जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा आयोजित फाइनलमा एनएफएसजेले नेपाल पत्रकार महासंघ बागलुङलाई २–० गोलले पराजित गरी उपाधि जित्न सफल रह्यो । गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथैं, प्रतियोगिताको सर्वाेत्कृष्ट प्रशिक्षक गण्डकीकै धनबहादुर गुरुङ् (सुमन) घोषित भए । गुरुङ्लाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । उपविजेता बागलुङले नगद ३० हजार रुपैयाँ, शिल्ड,… पुरा पढौ

रोहितलाई सहारा पत्रकारिता पुरस्कार

पोखरा-सहारा क्लब पोखराले प्रदान गर्दै आएको सहारा पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार रोहितराज पराजुलीलाई पुरस्कृत गरेको छ । २८औँ वार्षिक साधारण सभाका अवसरमा मंगलबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले नगद ३० हजार ५ सय ५५ रुपैयाँ राशि सहित दोसल्ला, सम्मानपत्र सहितको पुरस्कार पराजुलीलाई पुरस्कृत गरिन । फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लबले खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्न हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । क्लबले २०६३ सालमा स्थापना गरेको यो पुरस्कार… पुरा पढौ

लामालाई अगष्ट मन्थ्ली मेडल गल्फ

पोखरा-युवा गल्फर दिप्सन लामा अगष्ट महिनाको मन्थ्ली मेडल गल्फ च्याम्पियन बनेका छन् । शनिबार पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षको पार ६९ को कोर्षमा स्टेबल फोर्ड थ्री फोर ह्याण्डीक्याप खेलाईएको प्रतिस्पर्धामा लामाले २९ स्कोरसहित उपाधि उचाल्न सफल भए । २६ प्वाईन्ट जोडेका बद्री राई भने उपविजेता बने । उनी काउण्ट ब्याकमा उपविजेता बन्न सफल भएका हुन् । विजेता गल्फरलाई कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ तथा गोर्खा हिल युकेका प्रोप्राईटर चन्द्र गुरुङले पुरस्कार प्रदान गरेका थिए । पुरा पढौ

मिडिया कपलाई हिमश्रीको सहयोग

पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने प्रतित्रद्धता जनाउँदै प्रतियोगिताको सफलताको कामना गरेका छन् । हिमश्री पोखरामा आयोजना हुने कुनैपनि खेल प्रतियोगिताको सहयोगी रहने बताउँदै निर्देशक केसीले पहिलोपटक हुन लागेको प्रदेशस्तरीय मिडिया कपलाई पनि साथ सहयोग रहने जनाएका छन् । कल्पका अध्यक्ष सुरज श्रेष्ठले देशकै प्रतिष्ठित फुड कम्पनीको सहयोगप्रति… पुरा पढौ

पच्चीसौं गोल्डकपबाट सवा तीन लाख बचत

पोखरा-सहारा क्लब पोखराले आफनो पच्चीसौं संस्करणको आहा रारा पोखरा गोल्डकपबाट तीन लाख एक्काईस हजार रुपैयाँ बचत गरेको छ । गत फागुनमा आयोजित गोल्डकपमा क्लबले एक करोड तेत्तिस लाख तेईस हजार रुपैयाँ आम्दानी गरेकोमा एक करोड तीस लाख रुपैयाँ खर्च गरेको तथ्य शुक्रबार सार्वजनिक गर्यो । मुख्य प्रायोजन गरेको हिमश्री फुड्स प्रालिलले तीस लाख, प्रदेश खेलकुद परिषदले दशलाख, पोखरा महानगरपालिकाले दशलाख, सहारा हङकङले ५ लाख, सुश्री मिटाडियाले चारलाख, सहारा युकेले तीन लाख, पोखरा महानगरपालिका वडा नं ९ ले दुई लाख पचास… पुरा पढौ

‘मिडिया कप फुटसल’ तयारीको अन्तिम चरणमा

पोखरा-असोजको पहिलो साता मिडिया कप फुटसल प्रतियोगिता हुदैं छ । खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले ‘खुला खेल’को अवधारणामा सञ्चालन गर्न लागिएको आयोजक कल्प मिडिया प्रालिले जनाएको छ । सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । प्रालिका अध्यक्ष सुरज श्रेष्ठले गण्डकी प्रदेशबाहिरबाट समेत विभिन्न जिल्लाका पत्रकारले प्रतियोगितामा सहभागी हुने इच्छा देखाएपछि उनीहरूलाई गण्डकी प्रदेशभित्रका जिल्लाबाट प्रतिनिधित्व गराएर प्रतियोगितामा सहभागिता जनाउने… पुरा पढौ

युनाइटेड क्लबको नेतृत्व गणेशको काँधमा

पोखरा-युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएका छन । क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि गणेश तिमिल्सिना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शान्त बहादुर थापा, प्रथम उपाध्यक्षमा सूर्य बहादुर बानियाँ, द्धितिय उपाध्यक्षमा दिनेश सुनार, महासचिवमा सन्तोष कार्की, कोषाध्यक्ष जयराम आचार्य, सचिवमा विष्णु कुमार गुरुङ, सह कोषाध्यक्षमा शिव थापा निर्वाचित भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा पूर्ण कुमार श्रेष्ठ, शान्ति सुवेदी, बुद्ध कार्की, पदम बहादुर कार्की (बिजय), गणेश… पुरा पढौ