🏐 भलिबल

सशस्त्र र गण्डकीलाई तेस्रो टाईगरकप भलिबलको उपाधि

पोखरा-लिगचरणमा व्यहोरेको हारको बदला लिदैैं गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलमाथि रोमाञ्चक एवं प्रतिस्पर्धात्मक फाईनल खेलमा ३–२ को सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष तर्फको उपाधि रक्षा गरेको छ । गण्डकीले यस अघि पहिलो संस्करणको टाईगरकपका उपाधि उचालेको थियो । महिला तर्फको उपाधि भने सशस्त्र प्रहरीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि आफनो नाममा लेखायो । शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको एरिनामा भएको फाईनलमा पहिलो सर्भिस बाहिर फाल्दै अंक गुमाएको गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलसँग पहिलो… पुरा पढौ

महिला भलिबल उपाधि सशस्त्रलाई

पोखरा-तेस्रो टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा सशस्त्र प्रहरी बलले आफनो नाम लेखनाएको छ । विभागीय डर्बी भिडन्तमा सशस्त्रले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा पन्छाउँदै उपाधि आफनो बनायो । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाईनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो । पहिलो सेट २५–२०ले लिएको सशस्त्रले दोस्रो सेट भने उस्तै लयमा रहन सकेन् । आर्मीले खेल सुधार्दै सशस्त्रलाई २२–२५ को सेटमा पराजित गर्दै खेल बराबरीमा ल्यायो । तर तेस्रो सेटमा सशस्त्रले… पुरा पढौ

आर्मीलाई पराजित गर्दै गण्डकी टाईगर कपको फाईनलमा

पोखरा-तेस्रो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताको उपाधिको लागि गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो सेमिफाईनल खेलमा त्रिभुवन आर्मी क्लबको चुनौतिलाई सोझो सेटमा पन्छाउँदै गण्डकी फाईनल सुरक्षित गर्यो । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको दोस्रो सेमिफाईनलमा आर्मीलाई गण्डकीले ३–० सेटमा पराजित गर्यो । लिग चरणमा पाँच सेट खेलेको आर्मीले गण्डकी प्रदेशसँग सेमिफाईनलमा उत्साहित खेल प्रदर्शनबाट चुक्यो । गण्डकी प्रदेशले निकै कठिन र प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा २५–२३ मा पराजित गर्दै आर्मीमाथि दबाव सृजना… पुरा पढौ

अपराजित सशस्त्र तेस्रो टाईगर कप भलिबलको फाईनलमा

पोखरा-विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको फाईनल प्रवेश गरेको छ । लिगचरण र सेमिफाईनलसम्मको अपराजित यात्रालाई निरन्तरता दिने क्रममा सशस्त्रले नेपाल पुलिस क्लबलाई ३–० सेटले पन्छायो । टाईगर ग्रुप पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको मैदानमा शुक्रबार भएको प्रतिस्पर्धामा सशस्त्रले पहिलो सेट २५–१० मा लिदैं फाईनलको यात्रा तय गर्ने संकेत गरयो । पाहुना टोली सेन्ट जोसेफ श्रीलंकाली टोलीले कुनैपनि जित निकाल्न सकेन् । पाँचौ स्थानमा रहेर प्रतियोगिता… पुरा पढौ

महिला तर्फ दुई विभागीय बीच उपाधि प्रतिस्पर्धा

पोखरा-तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत महिला तर्फको उपाधिको लागि सशस्त्र प्रहरी बलले अर्को विभागीय क्लब त्रिभुवन आर्मीसँग भिड्ने छ । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा सशस्त्रले गण्डकी प्रदेश टोलीलाई सोझो सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । सशस्त्रले गण्डकी प्रदेशको चुनौतिलाई २५–१३, २५–१७ र २५–२१ को सेटमा पन्छायो । यसैगरी दोस्रो सेमिफाईनल खेलमा न्यु डायमण्डको चुनौतिलाई त्रिभुवन आर्मीले २३–२५, २५–१३, २५–२२ र २५–१२सोझो सेटमा पन्छाउँदै उत्कृष्ट पुनरागमनसहित फाईनल यात्रा तय गरेको हो ।… पुरा पढौ

सशस्त्रका दुवै टोलीको सफलता

पोखरा-तेस्रो टाईगर कप क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलले मंगलबार महिला तथा पुरुष दुवै टोलीले जित निकालेका छन् । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पार्धामा महिला तर्फ एपिएफले होङवान्जी न्यूडायमण्डलाई ३–० पराजित गर्यो । पहिलो खेलमा एपिएफले न्यू डायमण्ड विरुद्ध २५–१५, २५–२० र २५–७ को सेटमा पराजित गर्दै दोस्रो जित निकाल्यो । खेलमा एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा वेष्ट स्पाइकरमा निरुता ठगुन्ना घोषित भइन । दोश्रो खेलमा नेपाल आर्मीले गण्डकीलाई २५–१०, २५–१६ र… पुरा पढौ

विभागीय डर्बीमा पुलिसमाथि सशस्त्रको जित

पोखरा-पहिलो दिन सशस्त्र प्रहरी बलसँग पराजित हुदैं घाईते बनेको त्रिभुवन आर्मी क्लबले तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको दोस्रो दिन पाहुना टोलीमाथि सोझो सेटको जित निकाल्दै पुरुष भलिबलमा आफनो साखलाई कायमै राखेको छ । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालित प्रतियोगिताको दोस्रो दिन सोमबार पाहुना टोली एसटिआई श्रीलंकाको टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिग तालिकामा तीन अंक जोडेको छ । पहिलो सेट प्रतिस्पर्धात्मक बन्ने देखिएपनि श्रीलंकाली टोलीको प्रदर्शन लोभलाग्दो देखिएन् । नयाँ कोर्टमा विभागीय क्लबसँग उत्रिएको… पुरा पढौ

गण्डकी,आर्मी र सशस्त्र प्रहरीको जित

पोखरा-टाईगर कपको पहिलो संस्करणको विजेता गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ । स्पाईक,ब्लक र प्लेसिङमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले पुरुष तर्फको प्रतिस्पर्धामा आईतबार नेपाल पुलिस क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो । रवि केसी, हरि पाण्डे र नितिनको कम्बिनेसन देखिएको खेलमा गण्डकीले पहिलो सेट आफनो पक्षमा पार्न प्रतिस्पर्धा नै गर्नुपर्यो । पहिलो सेट २५–२३ को सेटमा गण्डकीले आफनो पक्षमा पार्दै पुलिसमाथि दबाव सृजना गर्यो । दोस्रो सेटमा पुलिस अझै कमजोर… पुरा पढौ

आर्मी र सशस्त्र प्रहरीको जित

पोखरा-सशस्त्र प्रहरी बलले उत्कृष्ट कमब्याक गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको शुरुवात गरेको छ । टाईगर ग्रुप पोखराको आयोजनामा आईतबारदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्रले उत्कृष्ट कमब्याक गर्दै ३–१ को सेटमा जित आत्मसात गर्यो । पहिलो सेट गुमाएको सशस्त्रले पछिल्लो तीनै सेट आफनो पक्षमा पार्दै विभागीय डर्बीमा आर्मीमाथि जित निकाल्यो । पहिलो सेट २५–२० मा लिएको आर्मीले दोस्रो, तेस्रो र चौथो सेटमा भने आफनो लय कायम… पुरा पढौ

पुरुष तर्फ गण्डकी प्रदेश र नेपाल प्रहरी बीच उदघाटन खेल

पोखरा-पुरुष तर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबसँग उदघाटन खेल्दै पोखरामा आईतबारदेखि तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप शुरु हुदैं छ । गण्डकी प्रदेश पहिलो संस्करणको विजेता टोली समेत हो । टाईगर ग्रुप पोखराको आयोजना तथा नेपाल भलिबल संघको सहयोगमा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने च्याम्यिनसिपमा स्वदेशीसँगै विदेशी क्लबले पनि उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं टाईगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले विदेशी खेलाडीको उपस्थितिले स्वदेशी खेलाडीमा पनि केही उत्साह थपिने विश्वास लिईएको बताए ।… पुरा पढौ