मधेशलाई टी–२० क्रिकेट उपाधि
पोखरा-त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको थियो । मध्यम लक्ष्य पछ्याएको आर्मी भने ७ विकेटको क्षतिमा १२४ रनमा समेटियो । विजेता मधेशले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले २ लाख ५० हजार पायो । शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल खेलमा मधेशको शुरुवात उत्कृष्ट हुन सकेन् । मधेशले पावर प्लेमा ४६…
पुरा पढौ
मधेशद्वारा आर्मीलाई जितको लागि १३६ रनको लक्ष्य
पोखरा-मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको छ । टस जितेर व्याटिङ गरेको मधेशको शुरुवात उत्कृष्ट हुन सकेन् । । सातौं नम्बरमा आएका विशाल पटेलले इनिङ सम्हाल्दै अविजित ४९ रनको योगदानमा मधेशले ८ विकेट गुमाउँदै १३५ रन बनायो । उनले ३२ बल खेल्दै तीन चौका र तीन छक्का हिर्काए । केपी ओली टी–२० कप क्रिकेट प्रतियोगिताको शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल खेलमा टस जितेको मधेशले पावर प्लेमा ४६ रन बनाउँदा दुई विकेट गुमाएको थियो । १७ रन…
पुरा पढौ
सशस्त्रलाई पराजित गर्दै मधेश फाईनलमा
पोखरा-केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाईनल खेलमा मधेश प्रदेशले सशस्त्र प्रहरी बल ११ रनले परातिज गर्दै फाईनल प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको मधेशले पहिलो विकेट कप्तानलाई १० रनमै गुमाएपछि दबावमा रह्यो । अर्का ओपनर अनिल साह र इमरान खानले दोस्रो विकेटको लागि महत्वपूर्ण साझेदारी गरे । दुवैले अर्धशतकीय पारी खेल्दै ९२ रनको साझेदारी निभाए । मधेशले ६ विकेटको क्षतिमा १९७ रनको स्कोर तयार पार्यो । साहले ३६ बल खेल्दै ५७ रनको योगदान गरे । उनले २…
पुरा पढौ
सुदुरसँग पुलिस पराजित, मधेश भाग्यमानी
पोखरा-छैटौं नम्बरमा आएका किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेलेपछि सुदुरपश्चिमले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ । १५९ रनको लक्ष्यलाई पोखरा रंगशाला त्रिकेट मैदानमा मंगलबार सुदुरले १८.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । यद्यपी मधेश प्रदेश केपी प्रदेश टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । मधेशले सुदुरलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल पुलिस क्लबले मधेशलाई ५७ रनले पराजित गरेको थियो । नेट रनरेटको आधारमा मधेश प्रदेश सेमिफाईनल पुग्ने भाग्यमानी टोली…
पुरा पढौ
सुदुरमाथि मधेशको रवाफिलो जित
पोखरा- मधेश प्रदेशले सुदुर पश्चिम प्रदेश माथि ८ विकेटको जित निकालेको छ । सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदुर पश्चिमले दिएको ५८ रनको लक्ष्यलाई मधेशले २ विकेट गुमाउँदै ९२ बल बाँकी रहँदै पुरा गर्यो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा टस जितेको सुदुर पश्चिमले १५.५ ओभर खेल्दै ५८ रनमा सबै विकेट गुमायो । ओपनर अभिषेक पाल रुपेश सिंहको बलमा डकआउट भए । त्यस्तै गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए ।…
पुरा पढौ
ह्याण्डबलःमधेश प्रदेशको दुवै टोली पराजित
पोखरा–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला तर्फको ह्याण्डबल प्रतिस्पर्धामा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ११–७ गोलको अन्तरले पराजित गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजित प्रतियोगिताको पहिलो खेलमा कर्णालीले प्रतिस्पर्धात्मक जित निकाल्ने क्रममा अन्जली शाही र संगीता सिंहले समान ५÷५ गोलको योगदान गरे । पुरुष तर्फको ह्याण्डबल प्रतिस्पर्धामा बागमतीले मधेश प्रदेशलाई २१–१३ स्कोरले पराजित गर्यो । सोनाम राकेश शेर्पाले बागमताीका लागि सर्वाधिक ५ गोल हिर्काएका थिए ।
पुरा पढौ
बैजनाथको परिवारलाई लोकतान्त्रिकको आर्थिक सहयोग
काठमाडौ- नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य एवं प्रदेश नं-२ का संयोजक बैजनाथ बाबा यादवको परिवारलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको तर्फबाट संकलित रकम शुक्रबार हस्तान्तरण गरियो । महाराजगंजस्थित हेडलाईन क्याफेमा आयोजित कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष बृजेन्द्र हमालले यादवको परिवारलाई ९यादवका सालो० नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन कुमार बस्नेत लगायत केन्द्रिय सदस्यहरु, बागमती प्रदेशका सदस्यहरुबाट संकलित १ लाखको चेक हस्तान्तरण गरे । सो अवसरमा स्वर्गिय यादव प्रति श्रद्धान्जली अर्पण गरिनुका साथै १ मिनट मौन धारण गरिएको थियो । अन्य रकम…
पुरा पढौ
खेलकुद महासंघको सहयोग
पोखरा-नेपाल खेलकुद महासंघले कोभिड १९ बिरुद्धको राष्ट्रिय अभियानलाई जारी राखेको छ । सोहि अभियान अन्तरगत अघिल्लो मोर्चामा खटिने बिशेष गरि सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रिय स्थाई कमिटि सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरीको संस्थालाई स्वास्थ्य सामाग्री मास्क, सेनेटाईजर, सावुन, फेससिल्ड प्रधान गरेको हो । खेलकुद महासंघले कोभिड नो भिड भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामाग्री बितरण गर्ने कार्यक्रम रहेको छ । यसै क्रममा स्थाई कमिटि सदस्य कार्कीको नेतृत्वमा सुनसरी जिल्ला संयोजक पुष्प…
पुरा पढौ
क्योकुशिन कराँतेका प्रशिक्षक बैजनाथ यादवको निधन
पोखरा-नेपाल लोकतान्त्रिक खेलकुद संघले संघका केन्द्रिय सदस्य, २ नं. प्रदेश संयोजक, क्योकुसिनका अन्तराष्ट्रिय खेलाडी, नेपाल क्योकुसिनकान कराते संघ २ नं. प्रदेश अध्यक्ष एवं प्रदेश प्रमुख प्रशिक्षक बैजनाथबाबा यादवको निधन भएको छ । जनकपुर निवासी यादवको हिजो राती कोभिडका कारण बीर अस्पताल काठमाण्डौमा उपचारका क्रममा निधन भएको हो । स्व. यादव ९ दिन देखि बीर अस्पतालमा उपचाररत थिए । स्व. यादवको श्रीमती र एक छोरा रहेका छन् । नेपालमा देखिएको कोभिडको महामारीको कारण नेपाली प्रजातन्त्रका होनहार युवा योद्धा, नेपाली खेलकुदको नेतृत्व,…
पुरा पढौ
बजाज खडक वारियर्सलाई उपाधि
सप्तरी- विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। राज रंगशालामा सम्पन्न फाइनलमा वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई १ रनले पराजित गर्यो। बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य प छ्याउने क्रममा रुपनी राईडर्सले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४५ रन बनाउन सक्यो।रुपनी राईडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। सुनिल धमलाले २३ रन, अमित यादवले १९…
पुरा पढौ