कर्णाली

१० औं राष्ट्रिय खेलकुदको पर्खाइमा सुर्खेत रंगशाला

सुर्खेत-पोखराबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बिदाईको दुईवर्षपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भेट्ने सपना अझै पुरा भएको छैन् । खेलाडीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने सपना साँचिरहेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरी २०७९ कार्तिक ३ गते पोखराबाट झण्डा कर्णाली प्रदेश ल्याईयो । दुई वर्षभित्रमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने जिम्मेवारी लिएको कर्णाली प्रदेशले राजधानी सुर्खेतको विरेन्द्रननगरमा पूर्वाधार निर्माण शुरु गर्यो । २०८१ मंसिर २ गतेदेखि खेलकुद प्रतियोगिताको मिति तय गरिएको थियो । तर तोकिएको मितिमा राष्ट्रिय खेलकुद परिषदले… पुरा पढौ

पोखरामा राष्ट्रिय इण्डोर आर्चरी प्रतियोगिता

पोखरा-पोखरामा एकपछि अर्को राष्ट्रियस्तरका प्रतियोगिता आयोजना भईरहेका छन् । नवौं पिएम कप एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सकिएको एकसातापछि पोखराको बहुउद्देश्यीय कभर्ड हलमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुदैं छ ।नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा सातौं राष्ट्रिय इण्डोर च्याम्पियनसिप यही जेठ २३ र २४ गते हुदैं छ । तीन इभेण्टमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक योगेन्द्र शेरचनले जानकारी दिनुभयो । रिकर्भ ओपन पुरुष, कम्पाउण्ड महिला तथा पुरुष र स्टाण्डर्ड पुरुष महिलाको प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । ती विधामा व्यक्तिगत, टिम र… पुरा पढौ

हुम्ला र जुम्लामा राष्ट्रिय खेलकुद प्रतियोगिता

पोखरा-आगामी मंसिर २ गतेदेखि कर्णालीको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक भईसकेको छ । यद्यपी केही खेल कहाँ आयोजना गर्ने भन्ने निर्णय अझै भएको छैन् । सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार तयार गरेपनि केही खेलका पूर्वाधान भने नहुदाँ कहाँ आयोजना गर्ने भन्ने निर्णय भएको छैन् । सुर्खेत, दैलेख,सल्यान, जुम्ला, कालिकोट र रुकुम पश्चिमा आयोजना गर्ने तय भएको छ ।लन टेनिस, सफ्ट टेनिस, जिम्नाष्टिक, स्क्वास, आर्चरी, फेन्सिङ, सेपाक ताक्रो, सुटिङ, गल्फ, साईक्लिङ र प्याराग्लाईडिङ… पुरा पढौ

सेनाका नरेन्द्र र एपीएफका पुष्पालाई उपाधि

सुर्खेत-प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दुरी पार गरी उपाधि जितेका हुन् । त्यसैगरी एपीएफकी पुष्पाले १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी प्रथम भएकी हुन् । पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्ड, सेनाकै श्रीकस राईले १ घण्टा १३ मिनेट २३… पुरा पढौ

कर्णालीको जितमा रावतको अविजित इनिङ

पोखरा-दिपेन्द्र रावतको उत्कृष्ट इनिङमा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा आयोजक एकेडेमी रातोले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । दुवै टोलीलाई पराजित गरेको बागमती प्रदेश भने सेमिफाईनल प्रवेश गरिसकेको छ ।छैटौं नम्बरमा आएका रोशन गौतमले २० बलमा ३० रन हिर्काउँदै आयोजक रातोलाई सम्मानजनक स्कोर तर्फ अग्रसरता दिलाए । उनले १ चौका र ३… पुरा पढौ

कास्की गण्डकी प्रदेशस्तरीय हक्की च्याम्पियन

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । कास्कीले सोमबार फाईनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो । आईतबारदेखि शुरु भएको प्रतियोगितामा पाँच जिल्लाको सहभागिता रहेको थियो । कास्की, तनहुँ, पर्वत, स्याङजा र बाग्लुङ जिल्लाको सहभागिता रहेको थियो । सहभागित टोलीलाई राउण्ड रोविन लिगमा खेलाइएको थियो । शीर्ष दुईमा रहेका कास्की र तनहुँ बीच सोमबार दिउँसो फाईनल खेलमा कास्कीले तनहुँलाई सडन डेथमा १—० गोलले पराजित… पुरा पढौ

दलबहादुर र मञ्जुले जिते जुम्ला – रारा म्याराथन उपाधी

जुम्ला-कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको जुम्ला – रारा अल्ट्रा म्याराथनको उपाधी पुरुष तर्फ दलबहादुर कँुवर र महिला तर्फ मञ्जु राउतले जितेका छन् । ४९ किलो मिटरको दुरी दलबहादुरले ४ घन्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घन्टा ६ मिनट २३ सेकेन्डमा पुरा गर्दै उपाधीका साथ नगद १ लाख, मेडल र प्रमाण पत्र प्राप्त गरे । पुरुष तर्फ धिरबहादुर बुढाले ४ घन्टा ५७ मिनट ५७ सेकेन्ड र सेर बहादुर बुढाले ५ घन्टा ८ मिनटमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र… पुरा पढौ

संघीयताले दिएको अवसर

सुर्खेत,-‘दौडिन्छ कर्णाली’ । एथलेटिक्समा कर्णाली अब्बल छ । धावकहरु जन्मिएका छन् । इतिहास लेखेका छन् । अल्ट्राधावक हरिबहादुर रोकायादेखि मिरा राईसम्म । त्यसैले त कर्णालीले आफुलाई दौडाउने तयारी गरेको छ । एथलेटिक्सलाई लक्षित गर्दै कर्णालीले ‘दौडिन्छ कर्णाली’ नारा दिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना कर्णालीले गर्दै छ । २०७९ कार्तिक ३ गते पोखराबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा कर्णालीले बोक्यो । झण्डा बोकेसँगै कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी पायो । संघीयतासँगै कर्णाली प्रदेशलाई बृहत खेलकुद महोत्सव आयोजनाको अवसर… पुरा पढौ

नेपालकै पहिलो प्रादेशिक रंगशाला कर्णालीमा बन्दै

सुर्खेत-कर्णाली निकै विकट छ । दुुर्गम छ । दुर्गमलाई सुगम बनाउनुपर्ने छ । सुगम बनाउने काम राष्ट्रिय खेलकुद प्रतियोगिताले गर्ने छ । कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । त्यही आयोजनाले कर्णालीका सबै जिल्लालाई सुगम बनाउने आशा र विश्वास छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी ०८१ साल मंसिर दोस्रो साता आयोजना निर्णय भईसकेको छ । निर्णयसँगै कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतको विरेन्द्रनगरमा खेलकुदको पूर्वाधार निर्माण शुरु गरिसकिएको छ । पूर्वाधार संघीय संरचनापछिको पहिलो प्रादेशिक रंगशाला हो ।… पुरा पढौ

नवौंको समापन,दशौ राष्ट्रिय खेलकुद कर्णालीमा हुने

पोखरा- दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशलाई आयोजनाको जिम्मेवारीसहित राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरिएको छ । खेलकुदका संरक्षक एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी.लाई बिहीबार पोखरा रंगशालामा राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरे । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराए । परिषद्को ११५ औं बैठकबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णालीमा आयोजना हुने निर्णय गरेको हो ।नवौं राष्ट्रिय… पुरा पढौ