साहसिक खेल

भण्डारी साइक्लिङ संघमा सर्वसम्मत

पोखरा-कास्की जिल्ला साईक्लिङको अधिवेशनले शंकर भण्डारीको अध्यक्षतामा नौ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । पोखरा रंगशालास्थित सभाहलमा शनिबार भएको अधिवेशनले चार वर्षको लािग भण्डारीको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत भएको हो । संघको उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुलबहादुर गुरुङ, कोषाध्यक्षमा कमल नेपाली रहेका छन् । त्यसैगरी सदस्यहरुमा अशोक चालिसे, वामन चालिसे, एलिना सापकोटा, रविश्वर आचार्य, सोनिक क्षत्री रहेका छन् । संघका नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा साईक्लिङले स्वर्ण पदक जित्ने विश्वास दिलाए । उनले जिल्ला खेलकुद विकास समिति… पुरा पढौ

पोखरामा वाटर स्पोर्टसको सम्भावना

पोखरा-फेवाताल निकै व्यस्त छ । नियमित डुंगा सयर छदै छ । पछिल्लो समय ड्रागन बोट रेसले तालको रौनक थपिदिएको छ । गत वर्ष मात्रै ड्रागन बोट पोखरामा भित्रिएको हो । ड्रागन बोट चीनबाट पोखरा भित्रिएको वाटर स्पोर्टस हो । भित्रिएको वर्षदिनमा पटक पटक प्रतियोगितात्मक गतिविधिले पोखरालाई वाटर स्पोर्टसको हब बनाउने सम्भावना बढ्दै गएको छ । फेवातालमा दुई पटक ड्रागन बोट रेस आयोजना भईसक्यो । एक पटक पोखराकै अर्को ताल बेगनासमा आयोजना गरियो । ड्रागन बोट रेसकै लागि चीनबाट एक जम्बो… पुरा पढौ

आजदेखि दोस्रो पोखरा एन्ड्युरो रेस

पोखरा-कास्की जिल्ला साईक्लिङ संघको सहकार्यमा आजदेखि दोस्रो संस्करणको पोखरा एन्ड्युरो(साईक्लिङ रेस)शुरु हुदैं छ । आज बुधबार पहिलो दिन साईक्लिष्टहरुलाई रुटको बारे जानकारी दिने उद्देश्यसहित प्रशिक्षण रहने छ । पोखरा १३ आर्वाविजयमा हुने प्रतिस्पर्धा बिहीबार र शुक्रबार दुईदिन प्रतिस्पर्धा हुने छ । विभिन्न ५ स्टेजमा हुने प्रतिस्पर्धामा १३ देशका ६० जना साईक्लिष्टहरुले प्रतिस्पर्धा गर्ने छन् । महिला तर्फ एक नेपालीसहित चारजनाले सहभागिता जनाएका छन् । प्रतिस्पर्धाको पूर्व सन्ध्यमा मंगलबार साँझ सहभागि साईक्लिष्टहरुलाई प्रतिस्पर्धाको बारे जानकारी गराईएको थियो । रेस निर्देशक सुनिलचन्द्र… पुरा पढौ

आगामी २१ गते चौथो अन्नपूर्ण म्याराथन

पोखरा-आगामी २१ गते शनिबार चौथो संस्करणको अन्नपूर्ण म्याराथन हुदैं छ । साहसिक खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले वर्षेनी जुन ३ तारिखमा अन्नपूर्ण म्याराथन गर्दै आएको छ । समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरूङका अनुसार विशेषतः सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनलाई “अन्नपूर्ण आरोहण… पुरा पढौ

प्रकाश र उषा पोखरा साइकल दौड च्याम्पियन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ प्रकाश र महिलातर्फ उषा विजेता बनेका हुन् । दुवैले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटर एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेको समितिका अध्यक्ष दीपकबहादुर गोदारले… पुरा पढौ

पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ । पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो । महिला, पुरूष र रन फर फन गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको सबै तयारी सकिएको उनले बताए । प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको… पुरा पढौ

पोखरामा एशिया कप ट्रायथलन ,इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

पोखरा- पोखरामा आयोजित एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जित्नुभएको छ । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर च्याम्पियन बन्नुभयो । ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो । पुरुषतर्फ च्याम्पियन इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गर्नुभयो । अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा… पुरा पढौ

साईक्लिङ संघ कास्कीको अध्यक्षमा भण्डारी

पोखरा-कास्की जिल्ला साईक्लिङ संघको नयाँ कार्यसमितिमा शंकर भण्डारीले दोहोर्याएका छ् । शनिबार सम्पन्न भएको अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत गरेको हो । अधिवेशनले उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुलबहादुर गुरुङ, कोषाध्यक्षमा कमलबहादुर नेपाली रहेका छन् । सदस्यहरुमा अशोक चालिसे, रविश्वर आचार्य, वमन चालिसे, आशा मिया श्रीमल र एलिना सापकोटा रहेका छन् । पुरा पढौ

प्याडल नेपाल राष्ट्रिय र्‍याफटिङ च्याम्पियन

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक कालीगण्डकीमा सम्पन्न राष्ट्रिय र्‍याफटिङ च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ । चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि जित्यो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, सालोलममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए । यसै गरी प्रतियोगितामा… पुरा पढौ

काली गण्डकीमा र्‍याफटिङ प्रतिस्पर्धा

पोखरा-सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिएको छ । आयोजनाको सोमबार दोश्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहाशीक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिएका हुन् । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम दोश्रो भएको छ । त्यसै गरी सोही इभेन्टमा… पुरा पढौ