प्रदेश

खेलकुद पत्रकार मञ्च गण्डकीलाई फुटसलको उपाधि

पोखरा-पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएफएसजे)ले जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा आयोजित फाइनलमा एनएफएसजेले नेपाल पत्रकार महासंघ बागलुङलाई २–० गोलले पराजित गरी उपाधि जित्न सफल रह्यो । गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथैं, प्रतियोगिताको सर्वाेत्कृष्ट प्रशिक्षक गण्डकीकै धनबहादुर गुरुङ् (सुमन) घोषित भए । गुरुङ्लाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । उपविजेता बागलुङले नगद ३० हजार रुपैयाँ, शिल्ड,… पुरा पढौ

मिडिया कपलाई हिमश्रीको सहयोग

पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने प्रतित्रद्धता जनाउँदै प्रतियोगिताको सफलताको कामना गरेका छन् । हिमश्री पोखरामा आयोजना हुने कुनैपनि खेल प्रतियोगिताको सहयोगी रहने बताउँदै निर्देशक केसीले पहिलोपटक हुन लागेको प्रदेशस्तरीय मिडिया कपलाई पनि साथ सहयोग रहने जनाएका छन् । कल्पका अध्यक्ष सुरज श्रेष्ठले देशकै प्रतिष्ठित फुड कम्पनीको सहयोगप्रति… पुरा पढौ

पच्चीसौं गोल्डकपबाट सवा तीन लाख बचत

पोखरा-सहारा क्लब पोखराले आफनो पच्चीसौं संस्करणको आहा रारा पोखरा गोल्डकपबाट तीन लाख एक्काईस हजार रुपैयाँ बचत गरेको छ । गत फागुनमा आयोजित गोल्डकपमा क्लबले एक करोड तेत्तिस लाख तेईस हजार रुपैयाँ आम्दानी गरेकोमा एक करोड तीस लाख रुपैयाँ खर्च गरेको तथ्य शुक्रबार सार्वजनिक गर्यो । मुख्य प्रायोजन गरेको हिमश्री फुड्स प्रालिलले तीस लाख, प्रदेश खेलकुद परिषदले दशलाख, पोखरा महानगरपालिकाले दशलाख, सहारा हङकङले ५ लाख, सुश्री मिटाडियाले चारलाख, सहारा युकेले तीन लाख, पोखरा महानगरपालिका वडा नं ९ ले दुई लाख पचास… पुरा पढौ

दुई अण्डरसहित नगरकोटी बने मास्टर नेपाल

मुस्ताङ-नेपाली शीर्ष बरियताका गल्फर भुवन नगरकोटी सर्वाधिक उचाईको गल्फ कोर्षमा दुई अण्डर ५४ को कार्ड बनाउँदै माष्टर नेपाल बनेका छन् । झण्डै ४८ सय मिटरको उचाईमा रहेको मुस्ताङ गल्फ कोर्षमा नगरकोटीले दुई अण्डर खेल्दै ५४ स्कोरको कार्ड बनाउँदै उपाधि जित्न सफल भए । प्रतिकुल मौसमका कारण केवल १४ होलमा समेटिएको खेलमा उनले दुई अण्डर खेलेका हुन् । जुन पाँचौ संस्करणसम्म आईपुग्दा पहिलो पटक अण्डरको स्कोरको कार्ड बन्यो । ेटी फर क्लाईमेट नाम दिइएको प्रतियोगितामा नेपालका शीर्ष बरियता पाँच गल्फरको सहभागिता… पुरा पढौ

सलिको मिडिया कप फुटसलको इन्स्योरेन्स पार्टनर

पोखरा-कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ गते सुरु हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’को इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) रहेको छ ।सलिकोका पोखरा प्रमुख राजेश केसी र कल्पका अध्यक्ष सुरज श्रेष्ठबीच भएको सम्झौता अनुरुप खेलका दौरान प्रत्येक खेलाडीको बीमा गरिने भएको छ । प्रतियोगितालाई स्वस्थ र सुरक्षित राख्न सलिकोको योगदान रहने भन्दै प्रमुख केसीले कम्पनीको उद्देश्यअनुरुप कल्प मिडियाको सहयोगी बनेको बताए । कुनैपनि खेलमा कम्पनीले सुरुवाति दिनदेखि नै… पुरा पढौ

टप अफ दि वर्ल्ड क्लासिक गल्फको पाँचौ संस्करण

धन बस्नेत पोखरा-सर्वाधिक उचाईको गल्फ कोर्षको विश्व कीर्तिमान राख्ने योजनासहित शुरु भएको “टप अफ दि वल्र्ड गल्फ क्लासिक” को पाँचौ संस्करण यही भदौ १५ गतेदेखि शुरु हुदैै छ । ४६४५ मिटरको उचाईमा रहेको मुस्ताङ गल्फ कोर्षमा पाँचौ संस्करणको गल्फ प्रतियोगिता आयोजना हुदैं छ । “टि फर क्लाईमेट” नाम दिइएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको प्रत्यक्ष प्रभाव बारे खेलकुदको माध्यमबाट देखाउने र सचेत बनाउने ध्येयसहित मुस्ताङ गल्फ कोर्षले विगत पाँचवर्षदेखि गल्फ प्रतियोगितालाई निरन्तरता दिदैं आएको छ । प्रतियोगिताको निरन्तरताले… पुरा पढौ

अर्जुन कुमाल राष्ट्रिय क्रिकेट टोलीमा

पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज विरुद्धको खेलमा शुक्रबार शतक प्रहार गरे । रोहित पौडेलको कप्तानीमा वल्र्डकप क्रिकेट लिग २ को लागि १५ सदस्यीय टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघले शुक्रबार सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरी(उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुलशन झा,… पुरा पढौ

राष्ट्रियदेखि ग्रासरुट तहसम्मका खेल समावेश

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले ‘खेल सप्ताह’ आयोजना गर्ने भएको छ । खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यसहित यहीं जेठ ३० गतेदेखि ‘खेल सप्ताह’ आयोजना गर्ने लागिएको हो । समितिले राष्ट्रिय तथा ग्रासरुट तहका विभिन्न खेल समेटेर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । खेल सप्ताह आगामी असार ५ गते सम्म सञ्चालन हुनेछ । पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारका अनुसार खेल सप्ताहमा कुल सात वटा खेल समावेश गरिएका छन् । तीमध्ये दुई वटा… पुरा पढौ

भोलिदेखि गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप

पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको विजेता विद्यालय मात्र यस प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ। यस वर्षको प्रतियोगितामा सहभागी विद्यालयका खेलाडीहरूसँगै सम्बन्धित जिल्लाबाट छनोट गरिएका अतिरिक्त चार जना उत्कृष्ट खेलाडीलाई समेत टोलीमा समावेश गर्ने अवसर प्रदान गरिएको संघले जनाएको छ । जिल्लाभित्र रहेका प्रतिभावान… पुरा पढौ

कभर्ड हल, रंगशाला र क्रिकेट मैदान नीतिमै सीमित

धन बस्नेत पोखरा-गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रत्येक जिल्लामा बहुउद्देश्यीय कभर्ड हल, रंगशाला वा क्रिकेट मैदान निर्माणको कार्यलाई प्राथमिकता दिइने उल्लेख छ । संघीयतासँगै बनेको गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम मा प्रत्येक जिल्लामा बहुउद्देश्यीय कभर्ड हल, रंगशाला वा क्रिकेट मैदान निर्माणको कार्यलाई प्राथमिकता दिइने दोहोरिएको छ । केवल नीति तथा कार्यक्रममा मात्रै समेटिएको छ । कार्यान्वयन तर्फ भने प्रदेश सरकार… पुरा पढौ