खेलाडी न्युज,पोखरा २७ पुस- कास्की जिल्ला सेपाक ताक्रो संघले बिहीबार सम्मान गरेको छ । राखेप च्याम्पियनसिप अन्तर्गत काठमाडौंमा सम्पन्न सेपाक ताक्रोमा उपविजेता बन्दै फर्किएका खेलाडीलाई सम्मानपत्रबाट सम्मानित गरिएको हो । संघको पाँचौ साधारण सभाको अवसरमा रेगु इभेन्टमा उपविजेता बनेको खेलाडीलाई सम्मानित गरियो । पश्चिमाञ्चलबाट सहभागि भएका खेलाडीहरु सोममाया थापा मगर(कप्तान), लिजा गुरुङ, गेनिसा थापा मगर, तिर्सना सुुनुवार र बेनिका थाडामगर र प्रशिक्षक मोहन गुरुङलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले सम्मान गरेका हुन् । २०५८ सालबाट पोखरामा शुरुवात भएको सेपाक…
पुरा पढौ