कराँते

पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगितामा अनमोल च्याम्पियन

पोखरा-पोखरामा आयोजित छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगितामा पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम च्याम्पियन बने । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोसैो र शक्ति तामाङ र प्रयुश राई तेस्रो भए । ५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स बिक र रोहन… पुरा पढौ

कास्कीका शिव र स्याङजाकी विनिता कराँते च्याम्पियन

पोखरा-गण्डकी प्रदेशस्तरीय फुल कन्टयाक्ट कराँते प्रतियोगितामा खुला तौल समूहमाा कास्कीका शिव भुजेल स्वर्ण पदक जितेका छन् । गोरखाका कुमार रोका दोस्रो भए । यसैगरी ६० केजी तौल समूहको पुरुष तर्फ स्याङजाका सन्जयकुमार गुप्ताले स्वर्ण पदक जित्दा पवर्तका धिरज परियार भने दोस्रो स्थानमा रहे । ५५ केजी तौल समूहमा पर्वतका रोशन गोतामे प्रथम, स्याङजाका निरज राना दोस्रो भए । त्यस्तै ५० केजी तौल समूहमा कास्कीका अनिष बुढामगरले स्वर्ण पदक जिते । कास्कीका साजन नेपाली भने दोस्रो स्थानमा रहे । ४५ केजी… पुरा पढौ

क्योकुशिन कान कराँतको पेटी परीक्षा

पोखरा- नेपाल क्योकुशिन कान कराँते संघ कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत पेटी परीक्षा गरिएको छ । पोखरा रगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको कार्यक्रममा संघका अध्यक्ष एवं ब्रान्च चिफ लक्ष्मण कुँवरको संयोजकत्वमा गरिएको थियो । पोखरा महानगर खेलकुद विaकास समितिका अध्यक्ष दिपकबहादुर गोदारको समेत उपस्थिति रहेको थियो । प्रमुख आतिथ्यता भने पूर्व राष्ट्रिय खेलाडी रामकृष्ण भण्डारीले गरेका थिए । पेटी परीक्षा कार्यक्रममा पोखराका विभिन्न डोजो तथा स्याङजाको डोजोसहित झण्डै दुईसय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । खेलाडीहरुलाई प्रदेश प्रशिक्षक सुवास खड्का,… पुरा पढौ

माघे संक्रान्तिको अवसरमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता

पोखरा-पोखराकै पुरानो साँस्कृतिक मेला ढुंगेसाँघुमा २३ औं राष्ट्रिय माछापुच्छ«े फुलकन्ट्याक्ट तथा पाँचौ क्योकुशिनकान कराँते प्रतियोगिता हुदैं छ । माघ १ गते माघेसंक्रान्तिको अवसरमा ढुंगेसाँघुमा आयोजना हुने साँस्कृतिक मेलामा कास्की जिल्ला क्योकुशिन कान कराँते संघले वर्षेनी फुलकन्ट्याक्ट कराँते प्रतियोगितालाई निरन्तरता दिएको छ । यही पुस २९ गते पोखरा रंगशालामा शुरु हुने छ । फाईनल प्रतिस्पर्धा ढुंगेसाँघुको मेलामा समापन हुने छ । प्रतियोगितामा पुरुष तर्फ ६ र महिला तर्फ पाँचवटा तौल समूहमा प्रतिस्पर्धा गराईने कास्की जिल्ला क्योकुशिन कान कराँते संघका अध्यक्ष लक्ष्मण… पुरा पढौ

प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट कराँतेमा सन्तोष र कविता च्याम्पियन

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रथम पोखरा महानगर राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिताको खुल्ला पुरुष तर्फ काठमाडौंका सन्तोष विश्वकर्मा च्याम्पियन बनेका छन् । मंगलबार पोखरा रंगशालाको कभर्डहलमा आयोजित प्रतियोगितामा खुल्ला तौल समूहको प्रतिस्पर्धामा काठमाडौंका विश्वकर्माले कास्कीका शिव भुजेललाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । तेस्रो स्थानमा भने काठमाडौंका रविन्द्र बुढाथोकी र स्याङजाका सन्जयकुमार गुप्ता भए । महिला खुल्ला तौल समूहको प्रतिस्पर्धामा गोरखाकी कविता नेपाली च्याम्पियन बनिन् । उनले कास्कीकी मुना थापालाई पराजित गर्दै उपाधि जितिन् । काठमाडौंकी कविता… पुरा पढौ

प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगितामा स्याङजा च्याम्पियन

पोखरा- प्रथम गण्डकी प्रदेशस्तरिय फुल कन्ट्याक्ट प्रतियोगितामा प्रतियोगितामा ३५ केजी तौल पुरुष तर्फ स्याङजाका सुरेश सार्कीले स्वर्ण पदक जितेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा फुल कन्ट्याक्ट कराते संघ गण्डकी प्रदेशको समन्वयमा आयोजित प्रतियोगितामा उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित समेत भए । उनलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य खगेन्द्र क्षेत्रीले नगद ५ हजार सहित पुरस्कृत गरे । ४५ केजी तौल पुरुषतर्फ गोर्खाका अर्मान गुरुङले कास्कीका विक्रम सुनारलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक जितेका छन् । कास्कीका संगम खड्का… पुरा पढौ

एसओएस बहिनी जिल्लास्तरीय सितेरियो कराँते च्याम्पियन

पोखरा-पोखरामा आयोजित प्रथम रामबहादुर तामाङ स्मृति तथा ३२औं कास्कीजिल्लास्तरीय सितेरियो कराँते च्याम्पियनसिपमा ५ स्वर्ण, ६ रजत र ९ कास्य पदकसहित एसओएस बहिनी डोजो च्याम्पियन बनेको छ । सितेरियो कराँते संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा दुईदिन सञ्चालित प्रतियोगितामा विरौटा डोजो दोस्रो बन्यो । विरौटा डोजोले ४ स्वर्ण, २ रजत र ५ कास्य पदक जितेको छ । तेस्रो स्थानमा मोर्नाक डोजो र फुलबारी डोजो भए । मोर्नाक डोजोले ३ स्वर्ण, दुइ रजत र ३ कास्य पदक जित्दा फुलबारीले भने दुई स्वर्ण, एक… पुरा पढौ

मुम्बईमा नेपाललाई १० स्वर्ण, नानुलाई एमएमए बेल्ट

काठमाडौं-भारतको मुम्बइमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत पदक प्राप्त गर्न सफल भएको मुम्बइबाट प्रतियोगिता रेफ्रि एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराएका छन् । मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा पौष ३ गते सम्पन्न च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधी सहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गर्न सफल भएको टोली नेता समेत रहेका मानन्धरले जानकारी गराए ।नेपालले राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम… पुरा पढौ

पूर्व अध्यक्ष सम्पन्नले कसे लगनगाँठो

पोखरा-सितेरियो कराँतेका राष्ट्रिय खेलाडी सम्पन्न श्रेष्ठ बैवाहिक जीवन बाँधिएका छन् । बाग्लुङमा जन्मिएका श्रेष्ठले मंसिर २९ गते काठमाडौं निवासी लक्ष्मी श्रेष्ठसँग लगनगाँठो कसेका हुन् । नवदम्पती श्रेष्ठ कराँतेका खेलाडी हुन् । लक्ष्मी गोजुरियो कँरातेको फष्ट डान खेलाडी हुन् । सम्पन्न राष्ट्रिय खेलाडी मात्रै नभई खेलकुदका कुशल अध्यक्ष समेत हुन् । २०७२ सालमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको जिल्ला सदस्यको रुपमा प्रवेश गरेसँगै उनको खेलकुदसँगको सम्बन्ध अझ प्रगाढ भएको थियो । जिल्ला सदस्य भएको डेढवर्षपछि नै उनी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास… पुरा पढौ

रोशन र पल्लबी च्याम्पियन

पोखरा- लेखनाथ क्योकुशिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण जितेका छन् । पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे । पुरुप ४० के. जी तर्फ बसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले कास्य जिते । ३५के.जी तौल समुह पुरुष तर्फ अमर थापाले प्रतिक… पुरा पढौ