🎾 लनटेनिस

पोखरामा दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस सुरु

पोखरा,- पोखरामा दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो दिन गल्र्स र ब्वाइजतर्फ १३ वटा सिंगल्सका पहिलो चरणका इभेन्टहरु भएको प्रतियोगिताका निर्देशक राजन पौडेलले जनाएका छन् । प्रतियोगिताको पहिलो दिन यू–१४ ब्वाइजतर्फ स्पर्श तिमिल्सिना, शास्वत बज्रचार्य, दर्शिल श्रेष्ठ विजयी भएका छन् । शास्वतले सन्दिप बिकलाई ६–०, ६–२ को सोझो सेटमा पाखा लगाए । त्यसैगरी व्रिजेश अर्याल र… पुरा पढौ

दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता भोलिदेखि

पोखरा-मंगलबारदेखि पोखरामा आयोजना हुने दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पौष १९ गतेबाट २३ गते सम्म सञ्चालन हुने छ । कुल १४ वटा इभेन्टमा ३७ जना खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका प्रतियोगिताका निर्देशक राजन पौडेलले जानकारी दिएका छन् । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गल्र्स सिंगल्सका साथै ओपन ब्वाईज तथा गल्र्स डबल्स गरी विभिन्न १४ ईभेन्टमा प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फ यू–८, यू–९ र यू–१०, ब्वाईज… पुरा पढौ

प्रदीप र अभिलाषालाई टेनिस उपाधि

पोखरा-प्रणव खनालको चुनौतिलाई संघर्षपूर्ण रुपमा पन्छाउँदै १९ औं माछापुच्छ्रे बैंक खुला टेनिस प्रतियोगिताको उपाधि प्रदीप खड्काले जितेका छन् । पोखराकै टेनिस कोर्टमा प्रणव खनाललाई नेपालका शीर्ष बरियताका प्रदीप खड्कासँग दोस्रो पटक पराजित हुन पुगे । शनिबार भएको फाईनल प्रतिस्पर्धामा प्र्रदीपले ६–३, १–६ र ७–५ को सेटमा पन्छाउँदै नगद ८० राशीको पुरस्कारसहित च्याम्पियन बने । महिला तर्फको उपाधि भने अभिलाषा विष्टले जितिन् । उनले सर्वानी श्रेष्ठलाई सोझो सेटमा पन्छाईन् । सर्वानीलाई ६–२, ६–४ को सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाईन्… पुरा पढौ

कमल थापालाई ६५ वर्षमाथिको भेट्रान टेनिस उपाधि

पोखरा-६५ वर्षमाथिको उमेर समूहको भेट्रान टेनिस प्रतियोगिताको उपाधि कमल थापाले जितेका छन्। शुक्रबार बिहान भएको फाईनल प्रतिस्पर्धामा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले बिदुर विष्टलाई ४–१, ४–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आयोजित १९ औं माछापुच्छ्रे बैंक खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगितामा खुल्ला पुरुष तर्फ प्रदीप खड्का र प्रणव खनाल उपाधि प्रतिस्पर्धा हुने छ। पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको सेमिफाईनलमा नेपालका शीर्ष बरियताका प्रदीपले बुटवलका ऋतिक रानालाई पराजित गर्न… पुरा पढौ

प्रदीप खड्का अन्तिम चारमा

पोखरा-१९ औं माछापुच्छ्रे बैंक राष्ट्रिय खुल्ला तथा भेट्रान्स टेनिसको सेमिफाईनल समीकरण पुरा भएको छ । नेपालका शीर्ष बरियताका खेलाडी प्रदीप खड्काको जितसँगै सेमिफाईनल समीकरण पुरा भएको हो । पोखरा रंगशाला टेनिस एरिनामा भएको प्रतिस्पर्धामा खड्काले पोखराकै सौगात विकलाई सोझो सेटमा पराजित गर्दै अन्तिमचारमा प्रवेश गरेका हुन् । खड्काले सौगातलाई पहिलो सेटमो जित निकाल्न निकै कठिनाई व्यहोरे । पहिलो सेट ७–५ को स्थितिमा लिएका खड्कालाई सौगातले निकै चुनौति दिए । तर दोस्रो सेट भने सहजै खड्काले आफनो पक्षमा पारे । उनले… पुरा पढौ

सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन टेनिस प्रतियोगिता

पोखरा-पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्ट्मा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिता पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने छ । पोखरा–५ पस्र्याङस्थित टेनिस कोर्टबाट २०५९ सालदेखि शुरु भएको भेट्रान्स प्रतियोगिता पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा आईपुग्दा १९ औं वर्ष पुगेको छ । दुई वर्ष संघले टेनिस प्रतियोगिता आयोजना गरेन ।… पुरा पढौ

चाईनिज ताईपेईका हङ र भारतकी दुर्गाङ्सी च्याम्पियन

पोखरा -पोखरामा आयोजित अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ) जुनियर ५ टेनिस प्रतियोगिताको सर्किट १ को उपाधि चाईनिज ताईपेईका केहाउ हङले जितेका छन् । पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा हङले चाईनिज ताईपेईका चेन हुईहोलाई ६–०, ६–१ सोझो सेटले पराजित गर्दै सर्किट १ च्याम्पियन बनेका हुन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमारले भारतकै श्रीनिधी बालाजीलाई ६–४ र ७–६ ले पराजित गरिन् । प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका… पुरा पढौ

पोखरामा आईटिएफ जुनियर–५ टेनिस शुरु

पोखरा-अन्तराष्ट्रिय टेनिस फेडेरेसन(आईटिएफ)को वार्षिक कार्यक्रम आईटिएफ जुनियर–५ पोखरामा शुरु भएको छ । जुनियर–५ अन्तर्गत १८ वर्षमुनिका विभिन्न ९ देशका टेनिस खेलाडीहरु पोखरामा ¥याङकिङ खेल्न आईपुगेका हुन् । नेपाल टेनिस संघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा सोमबारदेखि शुरुभएको सर्किट–१ र सर्किट–२ को प्रतिस्पर्धामा ९८ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत सर्किट १ खेल्न विभिन्न ९ राष्ट्रका ९८ खेलाडी पोखरा आएको कास्की जिल्ला टेनिस संघले जनाएको छ । दुई साता सम्म चल्ने प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका… पुरा पढौ

पोखरामा जुनियर-५ आइटीएफ टेनिस

पोखरा-पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता शुरु हुदैं छ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतिस्पर्धामा विभिन्न १० देशका टेनिसका जुनियर खेलाडी पोखरा आईपुगेका छन् । शुक्रबार आयोजक संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । सर्किट–१ र २ गरी दुई सातासम्म चल्ने प्रतियोगितामा ब्वाइज र गल्सतर्फ सिंगल्स र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका खेलाडीहरु सहभागी… पुरा पढौ

दोश्रो संस्करणको गणेशमान सिंह टेनिस प्रतियोगिता हुने

काठमाडौं-नेपाली राजनीतिका युग पुरुष प्रजातान्त्रीक योद्धा वीर गणेशमान सिंहको संस्मरणमा आयोजना हुने दोश्रो संस्करणको टेनिस प्रतियो।गता यहि कार्तिक १९ गतेबाट हुने भएको छ । वीर गणेशमान सिंह प्रतियोगिता अन्तरगत टेनिस र १० किलोमिटर रोड रेस हुने कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । ललितपुर सातदोवाटोस्थित टेनिस कोर्टमा २६ गते सम्म हुने टेनिस प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियर छात्र एवं छात्रा तर्फ विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रेश बिज्ञप्तीमा जनाईएको छ । वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको… पुरा पढौ