राखेप

सेन्ट फ्रान्सिस र कालिका माविलाई उपाधि

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत विद्यालयस्तरीय हक्की प्रतियोगितामा छात्रतर्फ सेन्ट फ्रान्सिस स्कुल र छात्रातर्फ कालिका माध्यमिक विद्यालयले उपाधि जितेका छन् । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धात्मक खेल भएको थियो। छात्रतर्फ कालिका मावि दोस्रो तथा शुक्रराज बलभद्र मावि तेस्रो स्थानमा रह्यो। त्यसैगरी छात्रातर्फ न्यु मिलिनियम स्कुल उपविजेता बन्दा शान्ति निकुञ्ज बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गर्न सफल भयो। प्रतियोगिताका विजेता तथा… पुरा पढौ

जलन यूथ–२३ राष्ट्रिय मुआथाई च्याम्पियन

पोखरा-नेपाल राष्ट्रिय मुआथाई संघको आयोजनामा पोखरामा आयोजित दोस्रो नेपाल यूथ–२३ राष्ट्रिय मुआथाई च्याम्पियनसिपमा लेखनाथ डोजो मुआथाई क्लबका जलन पुन च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सवमा समावेश गरिएको मुआथाई च्याम्पियनसिपमा उनले आफनै क्लबका कुशल नेपालीलाई पराजित गर्दे च्याम्पियन बनेका हुन् । जलनले २० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भए । यूथ १८–२३ वर्षअन्तर्गत ६३–६५ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा ओर्ला फिटनेस पोखराका सुमन जिसी र स्ट्रोङ्गेष्ट मुआथाई क्लब पोखराका विश्वास… पुरा पढौ

पोखरामा अन्तरविद्यालय जुडो प्रतियोगिता

पोखरा-पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत जुडो प्रतियोगितामा छात्र तर्फ २५ केजी छात्रमा सौरभ जिसी प्रथम, विकल नेपाली द्वितीय र आरोन गुरुङ तथा सविन नेपाली तृतीय भए । ३० केजी छात्रमा महेश बिक प्रथम, निसान मगर द्वितीय र सुनिल कुँवर तथा प्रिन्स शाह तृतीय भए । ३५ केजी छात्रमा निसान नेपाली प्रथम, आयान कुँवर द्वितीय र राजकुमार गिरी तथा प्रिन्स आले मगर तृतीय भए । ४० केजी छात्रमा रितेश केसी… पुरा पढौ

कभर्ड हल, रंगशाला र क्रिकेट मैदान नीतिमै सीमित

पोखरा-गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रत्येक जिल्लामा बहुउद्देश्यीय कभर्ड हल, रंगशाला वा क्रिकेट मैदान निर्माणको कार्यलाई प्राथमिकता दिइने उल्लेख छ । संघीयतासँगै बनेको गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम मा प्रत्येक जिल्लामा बहुउद्देश्यीय कभर्ड हल, रंगशाला वा क्रिकेट मैदान निर्माणको कार्यलाई प्राथमिकता दिइने दोहोरिएको छ । केवल नीति तथा कार्यक्रममा मात्रै समेटिएको छ । कार्यान्वयन तर्फ भने प्रदेश सरकार फितलो देखिएको… पुरा पढौ

प्रशिक्षक शून्यता उन्मुख

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा छ खेलकुद । मिति तय भईसकेको छैन् । मिति घोषणा पछि नियमित प्रशिक्षणको खाँचो छ । प्रशिक्षणको लागि प्रशिक्षकको अभाव छ । स्वयं सेवक प्रशिक्षककै भरमा पदकको आशा गर्नुपर्ने बाध्यता छ ।खेलकुदको शहर पोखरा । पोखराको खेलकुद खस्किदै गएको छ । खस्किनुको मुख्य कारण प्रशिक्षणको अभाव । प्रशिक्षक नै छैनन् । जिल्ला खेलकुद विकास समिति कास्कीका अब केव दुई प्रशिक्षक मात्रै छन् । सितेरियो कराँते र शारीरिक सुगठनको । ती बाहेक अन्य खेलका प्रशिक्षक भने… पुरा पढौ

प्रतिक्षा दशौं राष्ट्रिय खेलकुद

पोखरा-निर्वाचन सकिएसँगै मतपरिणाम पनि अन्तिम चरणमा छ । समानुपातिक मतगणनाको परिणाम आएसँगै निर्वाचन प्रक्रिया पूर्णत सकिन्छ । नयाँ सरकार गठन हुने छ । नयाँ सरकार गठनसँगै खेलाडीको आशा सर्दै गएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय हुने छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित बीरेन्द्रनगर नगरपालिकामा निर्मित रंगशालाले विभिन्न खेलका एथलिटलाई स्वागत गर्न आतुर छ । चार पटक मिति सरेर पनि अन्यौलपूर्ण बन्दै गएको खेलकुद प्रतियोगिता अब भने स्थायी सरकार गठनसँगै प्रतियोगिता सजह रुपमा हुने छ । प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन… पुरा पढौ

१५ सय मिटरमा सुजन र नारायणीलाई स्वर्ण

पोखरा-पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितको पहिलो दिन एथलेटिक्स तर्फको १५ सय मिटरको छात्र दौडमा कालिका माविका सुजन नेपालीले स्वर्ण पदक जिते । बालोदयका तेन्जोन रोका मगर रजत र पश्चिमाञ्चल माविका रोशन पन्तले कास्य पदक जित्न सफल भए । यसैगरी छात्रा तर्फको १५ सय मिटरमा छोरेपाटन माविकी कीर्तिमान धाविका नारायणी भण्डारी स्वर्ण, साधना परियारले रजत र गौरीशंकर माविकी कविता मगरले कास्य पदक जितिन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको… पुरा पढौ

पुस दोस्रो साता नवलपुरमा आलोक स्मृति म्याराथन

पोखरा-दौडिन्छ नवलपुर भन्ने नारासहित पहिलो पटक नवलपुरमा आलोक स्मृति राष्ट्रिय खुल्ला म्याराथन प्रतियोगिता हुदैं छ । यही पुस १२ गते जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा पहिलो पटक म्याराथन प्रतियोगिता हुने छ । प्रदेश खेलकुद परिषद गण्डकीले प्रवद्र्धन गरेको छ । १० किलोमिटर पुरुष र ५ किलोमिटर महिला समेत दौडिन्छ नवलपुरमा समावेश गरिएको छ । नवलपुर जिल्ला खेलकुद विकास समितिका सचिव निरज गौतमका अनुसार आलोक चक्रपथमा हुने म्याराथनमा सातै प्रदेश र तीन विभागीय क्लबका धावकहरुले सहभागिता जनाउने पाउने छन् ।… पुरा पढौ

प्रदेश खेलकुद परिषदमा सदस्यहरु नियुक्त

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदमा रिक्त सदस्य पदमा मंगलबार पूर्णता दिइएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले रिक्त सदस्यमा नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट १२ जना नियुक्त गरिएको हो । भेनिस थापा(प्यारालाइडिङ, गोरखा), कृष्णबहादुर थापा(कास्की,फुटबल), केशमाया गुरुङ(तनहुँ भलिबल), इन्द्रकुमारी मल्ल(कास्की, एथलेटिक्स), रबिन्द्रबहादुर प्रजु(कास्की, क्रिकेट), संगीता सुवेदी(कास्की, मुवाथाई), दिलबहादुर गुरुङ (कास्की, टेवलटेनिस), कन्चन थापा कोईराला(कास्की,तेक्वान्दो), सीताकुमारी गुरुङ(म्याग्दी, हाप्किडो), सागर गुरुङ(गोरखा,कराँते),विजयकुमार आलेमगर(कास्की कराँते), रेखमाया गुरुङ(कास्की, तेक्वान्दो) र भीम पराजुली(कास्की भलिबल)रहेका छन् । कन्चन थापा कास्की जिल्ला खेलकुद विकास समितिकी पुर्व… पुरा पढौ

कीर्तिमानी धाविका भण्डारीसहित ९३ खेलाडीलाई छात्रवृत्ति रकम हस्तान्तरण

पोखरा-१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ सय मिटर दौडमा महिला तर्फ कीर्तिमान कायम गरेकी धाविका नारायणी भण्डारीलाई सर्वोत्कृष्ट खेलाडी घोषित गर्दै गण्डकी प्रदेश खेलकुद परिषदले बुधबार नगदसहित सम्मान गरिएको छ । उनले काठमाडौंमा आयोजित प्रतियोगितामा ८ सय मिटर दौडमा २५ वर्ष पुरानो कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । उनले दौड २ मिनेट ११.९ सेकेण्डमा पुरा गर्दै कीर्तिमान बनाएकी हुन् । धाविका भण्डारीलाई ४३ हजार रुपैयाँ प्रदान गरिएको थियो । उनले दुई स्वर्ण र एक कास्य पदक… पुरा पढौ