सेमीफाईनल समीकरण
पोखरा-केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा दुई विभागीय टोलीले दुई प्रदेशसँग फाईनल प्रवेशको लागि बिहीबार प्रतिस्पर्धा गर्ने छन् । पहिलो खेल विभागिय टोली नेपाल आर्मी क्लबले र सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेशसँग खेल्ने छ । दोश्रो खेल एपिएफ क्लव र मधेश प्रदेशसँग खेल्ने छ । बुधबार भएको लिगचरणको अन्तिम खेलमा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई ९ विकेटले पराजित गर्दै कोशी प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सन्त्वना जित आत्मसात गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा बुधबार भएको प्रतिस्पर्धामा…
पुरा पढौ
ह्याट्रिक सहित प्रिन्सलाई उपाधी
विराटनगर-नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधी उचालेका हुन । प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उापधी उचालेका हुन् । पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा…
पुरा पढौ
प्रिन्स र जेशिका फाईनलमा
विराटनगर-नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ फाईलमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकलको सेमिफाईनलमा पुलिसका प्रिन्सले त्रिभुवन आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् । अव उपाधीका लागि प्रिन्सले आर्मीका प्रफुल महर्जनसंग प्रतिस्पर्धा गर्ने छन् । प्रफुलले पुलिसका बिष्णु कटुवाललाई २१–१८, २१–७ ले पराजित गरेका थिए ।…
पुरा पढौ
प्रिन्स र रशिला क्वाटरफाइनलमा
विराटनगर- नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई २१–९, २१–१४ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । प्रिन्सले आफ्नो समूहको तीनै खेलमा जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् । सोही समूहबाट उपबिजेताको…
पुरा पढौ
राष्ट्रिय च्याम्पियन रशिलालाई पराजित गर्दै जेशिका फाईनलमा
इटहरी- राष्ट्रिय च्याम्पियन एवं विश्व बरियतामा उच्च स्थानमा रहेकी आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्ग इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को महिला एकल तर्फ फाईनल प्रवेश गरेकीछिन् । जेशिकाले रशिलालाई १८–२१, २१–१६, २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी अमिता गिरी संगको भेट पक्का गरेकी छिन् । गिरी र कस्तुरी कलेजकी सिमा राजबंशीविच भएको खेलमा सिमा रिटायर्ड हर्ट भए पश्चात गिरीले फाईनल यात्रा तय गरेकी हुन् । पहिलो सेट ६–२१ ले पराजित भएकी…
पुरा पढौ
पुलिसका बिष्णु र प्रिन्स दुवै विधाको क्वाटरफाईनलमा
इटहरी-नेपाल पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय ¥याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकल र युगल दुवै तर्फ जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् । एकल तर्फ बिष्णुले त्रिभुवन आर्मीका नरेन्द्र बमलाई २१–१०, १५–२१, २५–२३ को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन् । यस्तै प्रिन्सले आर्मीका हिमाल चन्दमाथि २१–१४, २१–७ को जित निकाल्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् । यस्तै पुरुष युगल तर्फ पनि बिष्णु र प्रिन्सको जोडीले सुनसरीका अनन्त राज…
पुरा पढौ
मिथिला कप बसिर चम्किंदा बजाज युथ फाइनलमा
सप्तरी- राष्ट्रिय क्रिकेट बसिर एहमदको अलराउण्ड प्रदर्शन मद्दतले बजाज युथ एकेडेमी सप्तरी मिथिला कप टि-ट्वान्टी प्रतियोगिताको फाइनल पुगेको छ। मंगलबार राजविराज बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न सेमीफाइनलमा बजाज युथले एसके स्पोर्ट्स सप्तरीलाई ३४ रनले पराजित गर्यो। बजाज युथले दिएको १६० रनको लक्ष्य पछ्याएको एसके स्पोर्ट्सले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १२५ रन मात्र बनायो। एसके स्पोर्ट्सका अमर सिंह रौटेलाले ४७ तथा रासिद खानले ४३ रन बनाएता पनि जित दिलाउन सकेनन्। ३९ रनमा…
पुरा पढौ
बाह्रौं पुष्पलाल स्मृती ब्याडमिन्टन विराटनगरमा हुने
काठमाडौं- राष्ट्रिय खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२ औं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०२३ विराटनगरमा हुने भएको छ । फागुण २ देखि ७ गते सम्म आयोजना हुने प्रतियोगिताको सह–आयोजकमा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको छ भने मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ्ग रहेको छ । लिनिङ्गको प्रायोजन पश्चात प्रतियोगिताको नाम ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ रहने छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शिर्ष १६…
पुरा पढौ
कोर्स रेकर्ड सहित शुक्रलाई सुर्य नेपाल इस्टर्न ओपनको उपाधि
धरान-सुर्य नेपाल गल्फ टुर २०२२(२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सुर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले १७ अन्डर १ सय ९३ को कोर्स रेकर्ड सहित उपाधि जित्न सफल भएका छन्। उनले बलभद्र राईले सन २०२० मा बनाएको ९ अन्डर २ सय १ को रेकर्ड तोडे। नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगी रहित खेले। पार७० को धरान गल्फ क्लबको कोर्समा अन्तिम दिन ७ अन्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउदै १७अन्डर १ सय ९३…
पुरा पढौ
उमेशले जिते १६ औं धर्मश्रीको उपाधि
काठमाडौं- झापाका उमेश राईले १६ औं धर्मश्रीको उपाधि यतेका छन् । एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी जितेका हुन् । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गरे । यस्तै धिमालले उपबिजेता भए बापत नगद ५ लाख हात पारे । तृतीय स्थानमा मसल्स एण्ड फिटनेश, नयाँबजारका कृष्ण बहादुर सूर्यबंशी रहे । उनले नगद २ लाख प्राप्त गरे । नेपालमा ब्यायामको क्षेत्रको माउ सस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा…
पुरा पढौ