बक्सिङ

श्रृष्टि, शाहिल र दर्शिल उदियमान खेलाडीको मनोनयनमा

पोखरा-‘छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८’ यहीं असार १८ गते पोखरा सभागृह हलमा हुने निश्चित भएपछि अवार्डको रौनक बढ्न थालेको छ । खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई अवार्ड प्रदान गरेर खेल क्षेत्रमा थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना हुने कार्यक्रमप्रति खेलप्रेमीको साथ रहने गरेको छ । अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट उदियमान खेलाडी विधाको उत्कृष्ट तीन मनोनयनमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ… पुरा पढौ

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । यहीं असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिने भएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली… पुरा पढौ

सुवास र प्रदीप भिड्ने

काठमाडौं– विभागीय टोली त्रिभुवन आर्मी क्लबका सुवास तामाङ र एपिएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे । पुरुष ५४ केजीमा आर्मीका प्रेम चौधरीले आर्मी ‘बी’ का सुदीप श्रेष्ठबाट वाकओभर पाउँदै फाइनलमा प्रवेश गरे । फाइनलमा उनको भेट भिपिबिसीका उपास गुरुङसँग हुनेछ… पुरा पढौ

विश्व बक्सिङ्ग च्याम्पियनसिपमा सहभागि खेलाडीलाई विदाई

पोखरा-विश्व बक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुने चार नेपाली खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले विदाई गरेको छ । अन्तराष्ट्रिय बक्सिङ्ग संघको आयोजनामा यहि अक्टोबर २५ देखि नोभेम्बर ६ तारिख सम्म सर्बियाको राजधानी वेलग्रेडमा हुने २१ औ एआईबीए विश्व बक्सिङ्ग च्याम्पियनसिप सहभागी हुने नेपालबाट ४ जना खेलाडी एवं प्रशिक्षकहरुलाई युवातथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले विदाई गरेका छन् । मन्त्रीज्यूबाट संपूर्ण खेलाडी तथाअफिसीयललाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री गहतराजले बक्सिङ्गको महाकुम्भ प्रतियोगिता नेपाली खेलाडीहरुको उच्च प्रदर्शनका साथै पदक जित्नको लागी खेल्न प्रेरणा दिए… पुरा पढौ

बिदाई कार्यक्रममा खेलाडी अनुपस्थित

काठमाडौं- नेपाल लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई बिहिबार खेल पोशाक सहित बिदाई गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ्गलाई पत्राचार समेत गरिएकोमा अन्तमा खेलाडीहरुको उपस्थिति भने रहेन । खेलाडी अनुपस्थित रहेता पनि लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गले खेलाडीहरुलाई लोकतान्त्रीक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र खेलाडीहरुको हक अधिकारका लागि सदा अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ… पुरा पढौ

खेलुकद समिति हटाईने—मन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गत जेठमा नियुक्त गरिएको जिल्ला खेलकुद विकास समितिका पदाधिकारी एवं सदस्यहरुलाई हटाइने बताएका छन् । उनले गण्डकी प्रदेशका ११ जिल्ला मध्ये १० जिल्लाको कार्यसमितिलाई हटाउने कार्यविधि नै तयार भएको उल्लेख गरे । ‘हटाउने कार्यविधि तयार भईसकेको छ ।’उनले भने—‘लमजुङ बाहेक प्रदेशका अन्य जिल्लाको खेलकुद समिति हट्छ ।’ राजनीति नियुक्त भएका खेलकुद विकास समितिलाई दशैं अघि सम्भव नभएको जनाउँदै मन्त्री गुरुङले तिहार अघि नै हटाउने स्पष्ट पारे । पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका… पुरा पढौ

अन्तराष्ट्रिय डेब्युमै पदक

पोखरा-रिङमा थिए भारतीय बक्सर–मनोज पिङ्ले । स्वर्णको अपेक्षामा नेपाली बक्सर सुरेश मल्ल ठकुरी प्रतिस्पर्धामा अगाडि बढे । सुरेश त्यसबेलामात्र २० वर्षका थिए । खेल थियो, चौथो साफ च्याम्पियनसीप । नेपालको प्रतिनिधित्व गर्दै आजभन्दा ३२ वर्षअघि पाकिस्तानको राजधानी इस्लामावादमा उनी साफ खेल्न गएका थिए । क्वार्टरफाइनलमा सुरेशले बंगलादेशका खेलाडीलाई पाखा लगाइसकेका थिए । सेमीमा पाकिस्तानी अर्का खेलाडीको चुनौती समाप्त पार्दै नजिक नजिक पुगे । सुरेशले भारतकै टप बक्सर मनोजसँग फाइनलमा रिङ उत्रिए । बेन्टम क्याटगोरीको खेल थियो । आफ्नो पक्षमा जित… पुरा पढौ

संघमा राम्रा र योग्य व्यक्ति आउनुपर्छ

पोखरा-कास्की जिल्ला बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङमा पदक विजेता खेलाडी अफिसियल तथा केन्द्रीय संघका अध्यक्षलाई शुक्रबार पोखरामा सम्मान गरेको छ । बक्सिङ संघका केन्द्रीय अध्यक्ष राम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, सहायक प्रशिक्षक सुरेश मल्ल, स्वर्णपदक विजेता खेलाडीहरु भुपेन्द्र थापा, सनिल शाही, मेनु गुरुङलाई सम्मान गरिएको हो । सम्मानपछि बोल्दै केन्द्रीय अध्यक्ष अवालेले खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले प्रशिक्षक नभई खेलाडी उत्पादन नहुने भन्दै प्रशिक्षकको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए… पुरा पढौ

शर्मालाई उपचार सहयोग

काठमाडौं- नेपाल बक्सिङ संघले पूर्व बक्सिङ खेलाडी ओमप्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका थिए । पाँच पटकका राष्ट्रिय च्याम्पियन शर्माले वि।सं। २०३३ सालदेखि बक्सिङ खेल्न सुरु गरेका थिए । उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । अध्यक्ष… पुरा पढौ

गणेशमान सिंह स्मृति बक्सिङ चैत तेस्रो साता

पोखरा(खेलाडी न्युज)- नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । काठमाडौंको बसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।… पुरा पढौ