पुलिस र शसस्त्र च्याम्पियन
पोखरा-लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो । गत वर्षको उपविजेता समेत रहेको पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि दोस्रो सेटमा…
पुरा पढौ
लामाचौर कप महिला तथा पुरुष भलिबल मंगलबारदेखि
पोखरा-एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीचको उदघाटनसँगै लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले खेल तालिका सार्वजनिक गरेको छ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २ बजे दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल टिम र नेपाल पुलिस आमनेसामने…
पुरा पढौ
कास्की जिल्ला क्रिकेट संघमा रिक्त पदमा मनोनयन
पोखरा-कास्की जिल्ला क्रिकेट संघको कार्यसमितिमा रिक्त रहेको पदमा मनोनयन गरिएको छ । लामो समयसम्म रिक्त रहेको सचिवमा बर्तमान कोषाध्यक्ष विरेन पुनलाई मनोनयन गरिएको छ । कोषाध्यक्षमा दुर्गाबहादुर चन्द र सदस्यमा पूर्व कोषाध्यक्ष चन्द्रकुमार गुरुङलाई मनोनयन गरिएको छ । संघको शनिबार सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाबाट रिक्त रहेको पदमा मनोनयन गरिएको हो । दुई वर्ष अघि तेस्रो अधिवेशनबाट चयन भएको कार्यसमितिमा लामो समयसम्म सचिव अनुपस्थिति रहेपछि शनिबारको पाँचौ वार्षिक साधारण सभाबाट पदपूर्ति गरिएको संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जनाए । उनले…
पुरा पढौ
विष्ट र गुरुङलाई गल्फ उपाधि
पोखरा-तेस्रो संस्करणको उच्च उचाईमा आयोजित गल्फको उपाधि पुरुष तर्फ इन्द्रधारा विष्ट र महिला तर्फ बालकासी गुरुङले जितेकी छन् । ९ होलको उपल्लो मुस्ताङको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा विष्टले ३ अण्डर २१ को कार्डसहित च्याम्पियन बने । तीन वर्ष अघि मात्रै पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा गल्फ खेल्न शुरु गरेका विष्टले आफनै भूमीमा उपाधि उचाल्दै इतिहास बनाए । स्टेबल फोर्डमा खेलिएको प्रतिस्पर्धामा महिला तर्फ ५ अण्डर २३ को कार्ड बनाउँदै उपाधि आफनो नाममा लेखाईन् । ४ हजार ६ सय…
पुरा पढौ
गणेशलाई गल्फको जुलाई मन्थ्ली मेडल
पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा आयोजित जुलाई महिनाको मन्थ्ली मेडल क्याप्टेन गणेशकुमार गुरुङ ले जितेका छन् । शनिबार पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा नेट तर्फ उनले उपाधिको लागि ३८ स्कोर गरे । सन्तोष उपविजेतामा चित्त बुझाए ।इन्जियिनर सन्तोष गुरुङ ले काउन्ट व्याकमा इन्स्पेक्टर लिलाजंग गुरुङ पराजित गर्दै उपविजेता बने । दुवैले स्कोर ३३ बनाएका थिए । पाहुना तर्फका उपाधि अमिन थापाले जिते । ग्रस तर्फको उपाधि भने कास्की जिल्ला गल्फ संघका अध्यक्ष समेत रहेका गल्फर जीवाराम गुरुङ ले जिते ।…
पुरा पढौ
सुजन थापा बने मिष्टर गण्डकी
पोखरा-शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि सुजन थापाले जितेका छन् । रत्नश्री जिम तेर्सापट्टीका थापाले ६० केजी तौल समूहमा प्रथम हुदैंओभरअल प्रतिस्पर्धामा गरेका थापाले मिष्टर गण्डकीको ताज पहिरिए ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको प्रतिस्पर्धामा पुरुष फिजिकमा रोशन उपरकोटी र महिला तर्फको वेलनेसको पुरस्कार विपना कुमालले जितेकी छन् । प्रतिस्पर्धामा ५५ केजी तौल समूहमा प्रज्वलराज जिसी, मौलादिन मियाँ र रोहित श्रेष्ठ प्रथम, दोस्रो र तेस्रो स्थानमा रहे । त्यस्तै ६० केजी तौल समूहको प्रतिस्पर्धामा सुजन थापा, कृष्ण…
पुरा पढौ
प्रदेशका खेलाडी तथा अफिसियललाई सम्मान
पोखरा-गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । पोखरा महानगर ह्याण्डबल संघका अध्यक्ष विशाल बस्नेत, तेक्वान्दोकी रेखमाया गुरुङ, विनिता सार्की(मोर्डन पेन्टाथलन), राजेश बास्कोटा(जिमन्याष्टिक),पवित्रा गुरुङ,(हक्की), योगेन्द्र थापा(उसु), सन्दीप बराल(फेसिन्ङ), प्रियंका बर्मा(बक्सिङ), विवेक हमाल(शारीरिक सुगठनं, प्रदीप रेग्मी(मेन्स स्पोर्टस फिजिक), विजय कार्की(सुटिङ), मोनिका रानामगर(आर्चरी), रिता थापा श्रेष्ठ(प्याराग्लाईडिङ) विजय महतो(सेपाक ताक्रो), सुरज सुनार(आईटिएफ), ऋषिसरा थापा(एथलेटिक्स)चित्रबहादुर थापा(खो खो), पुनम गुरुङ(व्याडमिन्टन), फुल कन्ट्याक्ट कराँतेका रुपक नेपाली र मुना थापा टेबल टेनिसलाई नगदसहित सम्मान गरिएको हो । खेलाडी तथा…
पुरा पढौ
पोखरा स्पोर्टस् अवार्डका वर्ष खेलाडीलाई स्कुटर हस्तान्तरण
पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘आठौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरुलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो । क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे । उनीहरुलाई मञ्चका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका…
पुरा पढौ
क्रिकेट मैदानमा दुईवटा पीच निर्माण शुरु
पोखरा-पोखरा रंगशाला क्रिकेट मैदानमा दुई नयाँ पीच निर्माण शुरु गरिएको छ । कास्की जिल्ला क्रिकेट संघले भईरहेको पीचको पूर्व र पश्चिम तर्फ एक एक पीच थप्ने गरी काम शुरु गरेको छ । नयाँ दुई पीच तयार भएपछि छ वटा हुने छ । अहिले चार वटा पीच छन् । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलका अनुसार पोखरामा फ्रेन्चाईज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग(पिपिएलं शुरु हुनुभन्दा अघि दुईवटा पीच थिए । चार वटा पीचको बेस(आधार) भएपनि संघले दुईवटा मात्रै निर्माण गरेको…
पुरा पढौ
पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगितामा अनमोल च्याम्पियन
पोखरा-पोखरामा आयोजित छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगितामा पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम च्याम्पियन बने । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए । ६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोसैो र शक्ति तामाङ र प्रयुश राई तेस्रो भए । ५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स बिक र रोहन…
पुरा पढौ