संघ

ब्रिजेस र कृतन च्याम्पियन

पोखरा-कास्की जिल्ला टेबल टेनिस संघको आयोजनामा प्रत्येक महिनाको तेस्रो शनिबार पोखरा रंगशाला टेबल टेनिसको हलमा जुनियर तथा मेन्स सिंगल टेबल टेनिस लिग प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीका अनुसार टेबल टेनिस खेलको विकास र विस्तारको लागि जिल्ला संघले गतवर्षदेखि मासिक रुपमा लिग आयोजना गर्दै आएको छ । साउन तेस्रो शनिबार(१६ गते) आयोजना गरिएको जुनियर यु १५ लिग तर्फको प्रतिस्पर्धामा ब्रिजेस सुनार प्रथम, सनिस बस्नेत द्धितीय र अनमोल गुरुङ र विधान पराजुली तृतीय भएका… पुरा पढौ

पुष्पलाल स्मृती ब्याडमिन्टनको मुख्य प्रायोजकमा लिनिङ्ग

काठमाडौं-नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनमा श्रावण २५ देखि शुरु हुने पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको १४ औं संस्करणलाई ब्याडमिन्टन खेल सामाग्री उत्पादक कम्पनी लिनिङ्गले प्रायोजन गर्ने भएको छ । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र लिनिङ्ग बिच प्रायोजन सम्वन्धि सम्झौता भएको संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराएका छन् । श्रावण २५ गते देखि ३० गते सम्म ललितपुरको ग्वार्को स्थित सहआयोजक यल स्पोर्टस् एकेडेमीमा आयोजना हुने प्रतियोगितामा ब्याडमिन्टनका शिर्ष ८ बरियताका महिला÷पुरुष एकल, शिर्ष ८ बरियता… पुरा पढौ

गुरुकुल र गण्डकी बोर्डिङ च्याम्पियन

पोखरा-गण्डकी प्रदेश ह्यान्डबल संघको आयोजनामा, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राविधिक सहयोगमा आयोजित यू–१६ छात्ररछात्रा जुनियर ह्यान्डबल प्रतियोगिताको छात्रतर्फ गुरुकुल विद्यासदन मावि र गण्डकी बोर्डिङ च्याम्पियन बनेका छन् । फाइनल खेलमा गुरुकुलले पोखरा एकेडेमीलाई १२–१० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोखरा लर्नस तेस्रो स्थान हासिल गर्‍यो । छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल आवासीय मावि ‘ए’ टिमले प्रगति माध्यमिक विद्यालयलाई ३–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा… पुरा पढौ

छात्रतर्फ गुरूकुल र पोखरा एकेडेमी फाइनलमा

पोखरा -यू१६ छात्र/छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ गुरूकुल मावि र पोखरा एकेडेमी फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा गुरूकुलले प्रगती माविलाई र पोखरा एकेडेमीले पोखरा लर्नस एकेडेमीलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । सम्पन्न खेलमा गुरूकुलले प्रगती माविलाई १५–११ तथा पोखरा एकेडेमीले पोखरा लर्नसलाई १७–१४ गोल अन्तरले पराजित गरे । त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल ए टिम फाइनलमा स्थान बनाएको छ । सम्पन्न सेमीफाइनलमा पोखरा एकेडेमीलाई ३–० गोलले पराजित गरी… पुरा पढौ

गण्डकीको फराकिलो जित

पोखरा-पोखरामा जारी यू१६ छात्रछात्रा ह्याण्डबल प्रतियोगिता अन्तर्गत शनिबार छात्रातर्फ गण्डकी बोर्डिङका ए र बी टिम सेमीफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित ह्याण्बलकोर्टमा आयोजित प्रतियोगितामा गण्डकी बोर्डिङ एले पोखरा लनर्सलाई १२–२ गोलले पराजित गरी सेमीफाइनलमा प्रवेश गर्दा गण्डकी बोर्डिङ बी टिम माउन्ट अन्नपूर्ण मावीसँग सघर्षपूर्ण खेलमा सेमीफाइनलको यात्रा तय गरेको छ । निर्धारित समयमा ४–४ गोलले बराबरीमा सकिए पछि अतिरिक्त समयमा गण्डकी बोर्डिङ ७–५ गोलले विजयी हुदै सेमीफाइनलमा प्रदेश गरेको हो । यस्तै छात्रतर्फ गुरूकुल माविले अल्फा माविलाई ७–४ गोलले… पुरा पढौ

समृद्ध क्रिकेट, पूर्वाधारमा कमजोर

धन बस्नेत/पोखरा सरकारले आर्थिक वर्ष २०८३÷०८४ बजेट सार्वजनिक गर्यो । बजेटले खास गरी क्रिकेटलाई न आशा न उत्साह बनायो । त्यसमा पनि अझ पोखराको क्रिकेट मैदान भने सधैको ओझेलमा झै पर्यो । क्रिकेट पूर्वाधारमा सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । एक पटक आउँछ त्यसपछि बेवास्ता हुन्छ । त्यसैले त भन्ने गरिन्छ पूर्वाधार विकासमा सरकारी काम कहिले जाला घाम । खेलकुद अहिले पर्यटनको पर्याय हो । खेल पर्यटनबाटै समृद्धिको परिकल्पना गर्न सकिन्छ । लगानी विना परिकल्पना केवल पुरा नहुने… पुरा पढौ

मुआथाई खेलाडीलाई एकमहिने विशेष प्रशिक्षण

पोखरा-नेपाल मुआथाई संघले झण्डै एक महिना खेलाडीलाई विशेष प्रशिक्षण दिएको छ । बर्मेली प्रशिक्षक दिपक श्रेष्ठले पोखरा रंगाशालास्थित मुआथाई संघको हलमा विशेष प्रशिक्षण दिइएको हो । मुआथाई खेलको विकास र विस्तार गर्ने लक्ष्यसहित नेपाल मुआथाई संघले वर्षेनी प्रशिक्षण क्याम्प सञ्चालन गर्दै आएको छ । प्रत्येक वर्ष एक हप्तेदेखि एक महिने प्रशिक्षण गराउँदै आएको छ ।र्एक महिने प्रशिक्षणमा सहभागि खेलाडीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको छ । १५ जना खेलाडीहरु प्रशिक्षित भएको नेपाल मुआथाई संघका प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारले जानकारी दिए ।… पुरा पढौ

अर्जुन कुमाल राष्ट्रिय क्रिकेट टोलीमा

पोखरा-गण्डकी प्रदेशका भरपर्दा व्याटर अर्जुन कुमाल नेदरल्याण्डमा हुने आईसिसी मेन्स क्रिकेट वल्र्डकप लिग २ र युके प्रिपेरेशन टुरको लागि राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन् । उनी अहिले महानगर टी २० क्रिकेट प्रतियोगिता खेलिरहेका छन् । उनले बीरगन्ज विरुद्धको खेलमा शुक्रबार शतक प्रहार गरे । रोहित पौडेलको कप्तानीमा वल्र्डकप क्रिकेट लिग २ को लागि १५ सदस्यीय टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघले शुक्रबार सार्वजनिक गरेको टोलीमा दीपेन्द्रसिंह ऐरी(उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, आरिफ शेख, गुलशन झा,… पुरा पढौ

कास्की जिल्ला क्रिकेट संघको अध्यक्षमा चन्द

पोखरा-कास्की जिल्ला क्रिकेट संघको चौथो अधिवेशनबाट आगामी चार वर्षे कार्यकालको लागि दिपेन्द्रप्रताप चन्दको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । अध्यक्षमा चन्द ४० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी दिपेश खत्रीले केवल २७ मत प्राप्त गरे । चन्द तीन कार्यकाल सदस्य, एक कार्यकाल सचिव र एक कार्यकाल उपाध्यक्ष हुदैं अध्यक्षमा निर्वाचित भएका हुन् । खत्री भने अन्तराष्ट्रिय क्रिकेटर हुन् । उनी पोखराको पहिलो उमेर समूहको अन्तराष्ट्रिय क्रिकेटर हुन् । हाल उनी यु १९ महिला गण्डकी प्रदेश महिला क्रिकेटका… पुरा पढौ

आइएचएफ ट्रफी २०२६ मा सहभागिता जनाउन ह्याण्डबल टोली प्रस्थान

पोखरा – दुई विधामा प्रतिस्पधा गर्ने नेपाली ह्याण्डबल टोली मंगलबार ढाका प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ ९आइएचएफ० को वार्षिक प्रतियोगिता साउथ एसियन जोन आइएचएफ ट्रफी २०२६ मा सहभागिता जनाउने छ । जेठ २७ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले यू–१८ जुनियर र यू–२० युथ गरी दुई विधामा प्रतिस्पर्धा गर्ने संघले जनाएको छ । ढाका प्रस्थान गर्नुअघि राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्य–सचिव रामचन्द्र मेहताले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै औपचारिक बिदाइ गरेका थिए । प्रतियोगितामा आयोजक… पुरा पढौ