पोखरा-पोखराका आर्यषराज पौडेलले प्रथम पिसिएम कम राष्ट्रिय टेनिस प्रतियोगिताको यु १४ तर्फका उपाधि जितेका छन् । उनले सोमबार पोखरा रंगशाला टेनिस भिलेजमा आयोजित फाईनलमा अभिषेक बयलकोटीलाई ६–१, ७–५ को सेटमा पराजित गर्दै उपाधि जिते । पहिलो सेट सहजै लिदाँ दोस्रो सेट भने टाईब्रेकरमा पुग्यो । गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा रहेको प्रतियोगिताको यु १६ तर्फको उपाधि सुरेन्द्र बिकले जिते । उनले फाईनलमा आर्यषराज पौडेललाई ६–३, ६–३ को सेटमा पराजित गर्दै च्याम्पियन बने ।…
पुरा पढौ