विद्यालय

भोलिदेखि गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप

पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको विजेता विद्यालय मात्र यस प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ। यस वर्षको प्रतियोगितामा सहभागी विद्यालयका खेलाडीहरूसँगै सम्बन्धित जिल्लाबाट छनोट गरिएका अतिरिक्त चार जना उत्कृष्ट खेलाडीलाई समेत टोलीमा समावेश गर्ने अवसर प्रदान गरिएको संघले जनाएको छ । जिल्लाभित्र रहेका प्रतिभावान… पुरा पढौ

पोखरा विश्वविद्यालय सुपरकप फुटबलको तयारी

पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख १५ हजार तथा उपविजेता टोलीले नगद रु. ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । नेपालभरका ब्याचलर्स तथा मास्टर्स तहका कलेजहरूबीच खेलकुदमार्फत आपसी सम्बन्ध र स्वस्थ प्रतिस्पर्धा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आवेदन… पुरा पढौ

जेठ १२ देखि पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता

पोखरा-खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालय तहको फुटबल खेलको विकास गर्ने उद्धेश्यले पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ यही जेठ १२ गतेदेखि आयोजना हुने भएको छ । पोखराको ड्यामसाइड क्लबको आयोजनामा यही जेठ १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवले जनाएको हो । क्लवले शनिबार पोखरामा आयोजना गरेको टाईसिट प्रकाशन तथा पत्रकार सम्मेलनमा जानकारी दिँदै क्लबका अध्यक्ष रमेश प्रसाद बरालले… पुरा पढौ

आईतबारदेखि प्रतिभा सुपर लिग टी-ट्वान्टी

पोखरा-प्रतिभा माविको आयोजनामा यही माघ १८ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा प्रतिभा सुपर लिग विद्यालयस्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुदैं छ । प्रतियोगितालाई कास्की जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्ने छ । प्रतियोगितामा विभिन्न बाह्र विद्यालयको सहभागिता रहेको छ । कुमुदिनी होम्स, ग्लोबल कलेजियट, गुरुकुल विद्यासदन, छोरेपाटन मावि, जनप्रिय मावि, टप्स मावि, डायमण्ड मावि, नेपाल भारत मैत्री विद्यालय, प्रतिभा मावि, बाराही मावि, बालमन्दिर मावि र मदरल्याण्ड माविको सहभागिता रहेको छ । चार समूहमा विभाजन गरिएको छ । प्रत्येक विद्यालयले दुई खेल… पुरा पढौ

फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण

पोखरा=पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । ज्याभ्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक तथा छात्रा तर्फ… पुरा पढौ

४ सय ४ पदकका लागि प्रतिष्पर्धा

पोखरा -पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि दुई महिनादेखि तयारी गरिएको बताए । यस प्रतियोगितासँग सम्बन्धित संस्थागत तथा सामुदायिक विद्यालयसँग धेरै पटक छलफल… पुरा पढौ

१८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि प्रतिभालाई

पोखरा- प्रतिभा माविले १८ औं संस्करणको हिसान कास्की स्पोर्टस मिटको उपाधि उचालेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक प्राप्त गरी उपाधि उचाल्यो । योसँगै प्रतिभाले हिसान स्पोर्ट्स मिटको उपाधि लगातार चौथो पटक जित्दै न्यूग्यालेक्सीसँग उपाधि जित्नेमा बराबरी समेत् गरेको छ । स्पोर्ट्स मिटमा प्रतिभाले छात्रा भलिबल, ब्याडमिन्टन र छात्र बास्केटबलमा टिम च्याम्पियन हुँदै २१ अंक, छात्र भलिबल र टेबुल टेनिसमा टिम उपविजेता हुँदै १० अंक तथा छात्रा भलिबलमा तेस्रो स्थान हुदै ३ अंक प्राप्त… पुरा पढौ

जन्ममिति ढाँटेर ल्याउने विद्यार्थी र विद्यालयलाई कार्वाही

पोखरा-यही पुस ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको जन्ममिति ढाँटेर खेलमा सहभागि गराउने विद्यालय र विद्यार्थीलाई कार्वाही गरिने पोखरा महानगरपालिकाले जनाएको छ । राष्ट्रपति रनिङ शिल्ड तयारीको लागि छलफल गर्ने पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले दर्ता गर्ने क्रममा जन्ममिति ढाटेर ल्याउने गरेमा कारवाही गरिने बताए । उनले टिम दर्ता शुरु भएको उल्लेख गर्दै विगतमा यस्ता खालका कार्य भएको पाइएको भन्दै यसपालि यसमा कडाइ गरिने उनले प्रष्ट पारे । पोखरा महानगर खेलकुद… पुरा पढौ

बिहीबारदेखि १८औं हिसान कास्की स्पोर्टस मिट

पोखरा- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १८ औं हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ । शिक्षाको संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप खेलकुद मार्फत अघि बढाउने उद्धेश्य अनुरुप आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो । १८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ३ गते देखि ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ भने औपचारिक उद्घाटन पौष ४ गते हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२)… पुरा पढौ

पोखरामा हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कपको तयारी तीव्र

पोखरा-पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारीमा तीव्रता दिइएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको लागि व्यवस्थापन तथा निर्देशन समिति सहित विभिन्न उपसमिति निर्माण गरेर तयारीमा तीव्रता दिइएको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले जानकारी दिए । जस अनुसार व्यवस्थापन तथा निर्देशन समिति, संयोजकमा अध्यक्ष गोदार रहेका छन् । सदस्यहरूमा पूर्णचन्द्र न्यौपाने, तेज प्रसाद कडेल, डिबी नेपाली, हेम प्रसाद आचार्य,… पुरा पढौ