
पोखरा, २७ पुस -नेपालका सर्वाधिक भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले पोखरामा राखेप च्याम्पियन भारोत्तोलनमा पनि स्वर्ण पदक जितेका छन् । २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् । राष्ट्रिय किर्तिमानमा सुधार गर्ने उद्धेश्यले एरिनामा उत्रेका अधिकारीले स्वर्णमानै चित्त बुझाए । ७७ केजी तौलमा उनले स्नाचमा १२० केजी उचाले । यसमा उनकै नाममा १२२ केजीको किर्तिमान कायम छ । यस्तै क्लिन एण्ड जर्कमा उनले १५३ केजीका साथ कुलमा २७३ केजी भार बहनका साथ स्वर्ण हात पारेका हुन् । नेपाली सेनाकै यज्ञबहादुर सारुले स्नाचमा ९७ केजी र कुलमा २१२ केजी गरी रजत पाए भने क्लिनमा ११५ केजी मात्र उचाली प्रहरीका प्रेमप्रकाश भन्दा पछाडी रहंदै कास्य पाए । बैश्यले क्लिनमा ११८ केजी भार बहन गर्दै रजत पाए पनि स्नाचमा ९० केजी र कुलमा २०८ केजी गरि कास्य पाए ।
पुरुषको ६२ केजी तौलमा नेपाली सेनाका राजु चौधरीले स्नाचमा ८६ र कुलमा १९३ केजी गरि दुई स्वर्ण पाए । क्लिनमा उनी नेपाल प्रहरीका मुई लामा संग पछि परे । मुईले १०८ केज भार बहन गर्दै स्वर्ण पाए । क्लिनमा चौधरीले १०७ केजी उचाल्दै रजत पाए । स्नाचमा मुईले ८५ केजी र कुलमा १९३ केजी उचाल्दै रजत पाए । तेश्रो स्थानमा सशस्त्रका सुवाष कुमार शाहले १६३ केजीका साथ कास्य पाए । उनले स्नाचमा ७३ र क्लिनमा ९० केजी उचाले ।
६९ केजी तर्फको प्रतिस्पर्धामा नेपाल प्रहरीका विकास थापाले स्नाच र कुलमा स्वर्ण पाए । उनी क्लिनमा १२५ केजी भार बहन गर्दै बाँकेका प्रकाश के.सी संग पछाडी पर्दै रजतमा खुम्चिए । विकासले स्नाचमा ११२ र कुलमा २३७ केजी उचाले । प्रकाशले क्लिनमा १३० केजी उचाल्दै स्वर्ण पाए । तर प्रकाशले स्नाचमा १०६ र कुलमा २३६ केजीका साथ रजत पाए । यस्तै बाँकेका सुरज बैश्यले क्लिनमा १०५ र कुलमा १८० केजीका साथ दुई कास्य पाए । स्नाचमा कास्कीका धनबहादुर झाक्रीले ८० केजी भारका साथ कास्य पाए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…