
धन बस्नेत,पोखरा ।
साहसिक खेलको पर्याय बनेको पोखरामा अब पानीका खेल सञ्चालन गर्ने नीति पोखरा महानगरपालिकाले लिएको छ । सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्तर्गत कास्कीको नौ ताल मध्ये बेगनासलाई पानीको साहसिक खेलको हब बनाउने अभियानमा सहमति र सहकार्य गर्नुपर्ने खाँचो औल्याइएको छ ।
पोखरा महानगरपालिकाले पोखराको दोस्रो ठूलो ताल बेगनासलाई वाटर स्पोर्टस हब(पानी खेलको केन्द्र) बनाउनुपर्नेमा जोडदिदैं आएको छ । “हामीले चार वर्ष अघि नै बेगनास तालमा वाटर स्र्पोटस हब बनाउने योजना बनाएका थियौं ।” पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बुधबार भन्नुभयो—“वाटर स्पोर्टस हब बनाउने योजना भएपनि एउटाले एउटा विरोध गर्ने र अर्कोले अर्को विरोध गर्ने परिपाटीले कार्यान्वयन हुन सकेको छैन् ।” नगरप्रमुख आचार्यले लेकसाईड केवल फेवाको मात्रै नभई बेगनासको पनि लेकसाईड भएको उल्लेख गर्दै पोखरा पर्यटन व्यवसायीले आवश्यक सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
नगरप्रमुख आचार्यले १६ वटा पानीका खेल आयोजन ागर्न सकिने अध्ययनले देखाएको बताउँदै त्यसको लागि एक अर्ब लगानी हुने स्पष्ट पार्नुभयो । उहाँले साहसिक खेलको हब पोखरालाई भनिरहँदा सुरक्षामा सम्झौता नहुने तर्क गर्नुभयो । नेपाल हवाई खेलकुद संस्था(ना)को २३ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको उदघाटन गर्दै नगरप्रमुख आचार्यले प्याराग्लाईडिङले पोखरालाई साहसिक खेलको हबको रुपमा परिचय दिईरहँदा पहिलो प्राथमिकता सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताउनुभयो । मादक पदार्थ सेवन गरेर उडान भर्ने गरेको भेटिएकोले प्याराग्लाईडिङमा सुरक्षा नहुदाँ पर्यटकले ज्यानै गुमाउनुपर्ने अवस्था सृजना हुने हुँदा त्यसतर्फ सचेत बन्नुपर्ने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले आकाशमा उड्न रमाउने र सपना देख्ने अनि विश्व मञ्चमा पुर्याउने प्याराग्लाईडिङमा स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । “प्याराग्लाईडिङ आकाशमा सम्भावना खोज्ने एडभेन्चर स्पोर्टस हो ।” उहाँले भन्नुभयो—“सम्भवनाको खोजी गरिँदा अस्वस्थ्य प्रतिस्पर्धा गर्नु हुदैन् ।” उहाँले दुईतीन महिनामा प्याराग्लाईडिङ गराउने कम्पनीले उडान शुल्कमा गर्ने घटबढले समस्या सृजना गरेको गुनासो गर्नुभयो । उहाँले पोखराका तालहरुमा पानीको खेल गतिविधि सञ्चालन गर्न आवश्यक सहमतिको खाँचो रहेको उल्लेख गर्नुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले प्रकृति, सँस्कृति र साहसिकलाई आत्मसात गरेर पोखरालाई स्पोर्टस टुरिज्मको हब बनाउनुपर्ने बताउनुभयो । उहाँले तालहरु भएपनि पानीका खेलहरु सञ्चालन गर्न नसकिएको गुनासो गर्दै आवश्यक समन्वय र पहलकदमी गर्नुपर्नेमा जोडदिनुभयो ।
पोखरामा ५७ वटा प्याराग्लाइडिङका व्यवसायीक कम्पनी छन् । ती कम्पनीमा ४ सय १३ स्थायी पाईलट रहेको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ । संस्थाले प्रत्येक पाईलटको लाईसेन्स नविकरण लागि आवश्यक उडान सामाग्रीको चेकजाँच गर्दै आएको छ । प्रविधि तथा उडान सामाग्री चेकजाँच निरिक्षण गरी लाईसेन्स वितरण र नविकरण गर्दै आएको उल्लेख छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…