
पोखरा(खेलाडी न्युज) – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सिजनको तेस्रो उपाधि जित्ने होडमा रहँदा खप्तड गोल्डकपमा मनाङ मस्र्याङ्दीलाई पराजित गरेको छ । नेपाल आईस सुदुर पश्चिमाञ्चल खप्तड गोल्डकपमा आर्मीले मनाङलाई ३—१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गर्दै सिजनको तेस्रो उपाधि निकट पुगेको हो ।
गत मंसिरमा मात्रै यी दुईको भेट भएको थियो । सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपमा आर्मीले मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो । तर दुहवी गोल्ड कपमा भने आर्मी पराजित हुदैं उपाधि मनाङलाई सुम्पिएको थियो । त्यसअघि आर्मीले वैशाखमा वीरगन्जमा विशाल स्मृति र मनाङले भदौंमा जेसिज कपको उपाधि जितेका थिए । दुवहीपछि यी दुई टोलीबीचको सुदुर पश्चिमको भेटमा भने आर्मीले बाजी मार्दै उपाधि उचाल्ने सम्भावनालाई बलियो बनायो ।
खेलको नवौं मिनेटमा मनाङले हेमन गुरुङको गोलबाट अग्रता लिएको थियो । क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा पेनाल्टी बक्समा रहेका हेमनले अवसरलाई सदुपयोग गरे । तर खेलको २३ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै खेल बराबरीमा ल्याए । ४५ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले टोलीका लागि गोल गरेपछि आर्मी पहिलो हाफ २—१ ले अग्रता लियो । अग्रता लिने राम्रो मौका पनि खेर फालेका थिए । त्यसअघि नवयुगले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको ६१ औं मिनेटमा सुजल श्रेष्ठले पाएका राम्रो अवसर उनले खेर फालेका थिए । त्यस्तै ७७ औं मिनेटमा नवयुगले गोलकिपर दिनेश थापा मगरसँग ‘वान भर्सेस वान’ को मौका पनि गुमाए । जसले मनाङले खेलमा बराबरी गर्दै खेलमा फर्किने सम्भवनालाई गुमाउन पुग्यो । त्यस्तै खेलको ८८ औं मिनेटमा सन्तोष तमाङले नवयुगको पासमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए । खेलका म्यान अफ द म्याच नवयुगले जितेका थिए । यस जितसँगै आर्मी फाइनलमा पुगेको छ र भोली हुने सुदुरपश्चिम र एपिएफको विजेतासँग फाइनलमा भिड्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…