३६ वर्षमा पनि ग्राण्डस्लाम जितने धुनमा फेडेरर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ३० गते २०७४ मा प्रकाशित


एजेन्सी (खेलाडी न्युज) – सोमबारदेखि २०१८ को पहिलो ग्राण्डस्लाम अष्टे«लियन अ‍ोपन शुरु हुदैं छ । अष्ट्रेलियन ओपन शुरु हुनै लाग्दा स्वीस खेलाडी रोजर फेडेरर भने आफनो उपाधिको दावेदारी मान्छन् । ३६ वर्षका उमेरमा पनि उनले स्पेनीस राफाल नाडाल र सर्वियाका नोभाक जोकोभिक नै प्रतिस्पर्धी खास हुने अनुमान गरिएको छ । यद्यपी उनी गतवर्षको अन्तिम प्रतिस्पर्धामा भने पराजित भएका थिए ।
उमेर बढ्दै गएको छ । यद्यपी उनको जोशले भने उपाधि रक्षा गर्ने महत्वाकाक्षां देखाएको छ । उनले उमेर बढ्दो क्रमले पनि उनले आफु अन्तिम तयारीमा रहेको बताएका छन् । फेडेररले गत वर्ष नाडाललाई पाँच सेटमा ६—४, ३—६, ६—१,३—६ र ६—३ को सेटमा पराजित गर्दै ग्राण्डस्लाम जितेका थिए ।
ग्राण्ड स्लाममा फेडेररको मुख्य चुनौति नै नाडाल र जोकोभिचसँग हुने गरेको छ । उनको तयारीलाई नजरअन्दाज गर्दा उपाधि जित्ने सम्भावना आम दर्शकले देखेका छन् । यद्यपी तयारीपछि फेडेररले भने—‘दर्शकले मैले उपाधि रक्षा गर्ने केही सम्भावना देखेका थिएनन् । तर यो वर्ष उपाधि जित्ने सम्भावना कम देख्छु तर दर्शकले उपाधि जित्ने सम्भावना औल्याएका छन् । तर म आफनो करियरको दौरानमा आरामले खेलिरहेको छु ।’
उनले सर्वाधिक १९ पटक ग्राण्डस्लाम जितेका छन् । उपाधि जित्ने क्रममा अघिल्लो वर्ष घुडाँको चोटमा ग्रसित थिए । ‘मेरो जिन्दगीको यो राम्रो समय चलिरहेको छ । करियरको पनि राम्रो छ । जसले गर्दा निरन्तर टेनिस खेलिरहेको छु ।’ उनले भने । उनलाई श्रीमतीले साथ दिईरहेकी छिन् । उनले आफनो दावेदारीलाई हल्का रुपमा भनिरहेपनि दावेदारी भने कडा देखिन्छ ।