बर्नमाउथसँग आर्सनल पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ३० गते २०७४ मा प्रकाशित


एजेन्सी(खेलाडी न्युज)- उत्कृष्ठ पुनरागमन गरेको बर्नमाउथले आर्सनलमाथि २—१ गोलको नजिता निकालेको छ । एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बर्नमाउथले आर्सनलमाथि सानदार जित दर्ता गर्यो ।
इग्लिस प्रिमियर लिग अन्तर्गत आईतबारको खेलमा अग्रता भने आर्सनलले लिएको थियो । तर अग्रतालाई जोगाई राख्न भने सकेन् । अधिकंश बल होल्ड गरेको आर्सनललाई अन्तत बर्नमाउथले २—१ गोलले पराजित गर्यो । हेक्टर बेलरिनले दोस्रो हाफमा आर्सनलको लागि अग्रता दिलाए । अलेक्स आईओबीले दायाँबाट उपलब्ध गराईदिएको पासलाई हेक्टरले गोल गरेका थिए । बलमाथिको नियन्त्रण भने आर्सनल ५९—४१ प्रतिशतको अवस्थामा थियो ।
तर आर्सनलको अग्रता ७० औं मिनेट सम्म टिक्यो । ७० औं मिनेटमा बर्नमाउथका लागि कलुम विल्सनले गोल गर्दै बर्नमाउथलाई खेलमा फर्काए । उनले रायन फ्रेजरको पासमा बराबरी गोल गरे । ७२ औं मिनेटमा आर्सनलले फेरी अग्रता लिने अवसरलाई गुमायो । ग्रानियट झाकाले हानेको बल खेर गएको थियो । उनलाई पास भने ज्याक विल्सेरेले मिलाईदिएका थिए ।
७४ औं मिनेटमा बर्नमाउथले गोल गर्दै आर्सनलमाथि दवाव सृजना गर्यो । कलुम विल्सनले दिएको पासमा जोर्डन आईबेले गोल गर्दै बर्नमाउथलाई जितको दिशा तर्फ उन्मुख बनाए । रायन फ्रेजरले ७६ औं मिनेटमा दायाँबाट हानेको बल आकासियो । ८२ औं मिनेटमा ग्रानियट झाकाको पासलाई ज्याक विल्सेरेले हानेको बल बार छेवैबाट बाहिरिएको थियो । ९० औं मिनेटमा आर्सनलले अन्तिम अवसरलाई गुमाउन पुग्यो । ग्रानियट झाकाको प्रहार खेर गएपछि आर्सनलले बराबरी गर्ने अवसरबाट टाढिएको थियो । अतिरिक्त समय समेत ५ मिनेट थप गरिएको थियो ।