
एजेन्सी(खेलाडी न्युज)-भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले दोस्रो टेष्टमा दिएको पछ्याउने क्रममा भारत अहिले व्याटिङ गरिरहेको छ । हारबाट जोगाउन भारतीय कप्तान विराट कोहलीले इनिङ सम्हालिरहेका छन् । उनलाई हार्दिक पाण्ड्याले सहयोग गरिरहेका छन् ।
दक्षिण अफ्रिकाले ३३५ रनको योगफल तयार पारेर भारतलाई व्याटिङको निम्तो दिएको थियो । निम्तोलाई भारतले अहिले पाँच विकेटको क्षतिमा १८३ रनमा खेलिरहेको छ । भारतका लागि एम विजय अर्धशतक पुरा गर्न चारबाट चुकेका छन् । उनी ४६ रनमा आउट भए । केएल राहुल केवल १० रनमा आउट हुदाँ सिए पुजरा भने शून्य रनमै पवेलियन फर्किए । आरजी शर्मा एलबी डब्लुको शिकार हुदाँ केवल १० रन बनाई खेलिरहेका थिए ।
भारतको इनिङलाई कोहलीले नियन्त्रण गरेका छन् । उनले १३० बल खेल्दै ८५ रन बनाई क्रिजमा छन् । उनलाई पाण्ड्याले ११ रन बनाई क्रिजमा जम्ने प्रयासमा छन् । त्यसभन्दा अघि पाटिल पनि १९ रनमै पवेलियन फर्किएपछि भारत निकै दवावमा छ । के ए महराज, मोर्केल, फिलाण्डर र एल एनगैदीले एक एक विकेट लिएका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…