
एजेन्सी(खेलाडी न्युज)- अष्ट्रेलियन ओपनमा महिला शीर्ष खेलाडी भेनस विलियम्स पराजित हुदाँ पुरुष तर्फको शीर्ष खेलाडी राफाल नाडालले भने उत्कृष्ठ शुरुवात गरेका छन् । नाडालले सन २००४ देखि यताको ग्राण्डस्लामको ओपनिङ गेम भने प्रभावशाली जित निकाल्दै आएका छन् । सन २०१८ को पहिलो ग्राण्डस्लाम अन्तर्गत अष्ट्रेलियन ओपनमा उनले ईष्ट्रेल्ला बर्गसलाई पराजित गरे ।
स्पेनिस टेनिस खेलाडी नाडालले उनलाई पराजित गर्न केवल ९० मिनेट मात्रै खर्चिए । उनले सन २००४ मा अष्ट्रेलियन ओपनमै माईकल टबारालाई पहिलो खेलमा ६—१, ६—२, ६—२ को सेटमा पराजित गरेका थिए । सन २००९ कै अष्ट्रेलियन ओपनमा क्रिष्टिफे रोचसलाई ६—०, ६—३, ६—२ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका थिए । त्यस्तै २०१२ मा फ्रेन्च ओपनमा सिमोने बोलेल्लिलाई ६—२, ६—२, ६—१ को सेटमा जित निकाले । सन २०१४ मा फ्रेन्च ओपनमा रोबी गिनाप्रीलाई ६—०, ६—३, ६—० ले, २०१६ कै फ्रेन्च ओपनमा उनले साम ग्रोथलाई ६—१,६—१, ६—१ को सेटमा पराजित गर्दै उत्कृष्ठ शुरुवात गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…