
Tennis - WTA - Rome Open - Maria Sharapova of Russia v Mirjana Lucic-Baroni of Croatia - Rome, Italy- 16/5/17- Sharapova returns the ball. REUTERS/Max Rossi
एजेन्सी(खेलाडी न्युज)- शीर्ष बरियताका स्वीस खेलाडी रोजर फेडेररले अष्ट्रेलियन ओपनमा सहज जित निकालेका छन् । उनी दोस्रो चरणमा प्रवेश गर्ने क्रममा बेलायती खेलाडी ए बेड्नीलाई ६—३, ६—४, ६—३ को सेटले पराजित गरेका हुन् । ३६ वर्षिया फेडेररले वर्षको पहिलो ग्राण्डस्लाम जित्दै इतिहास कोर्ने लक्ष्यमा छन् । यद्यपी स्पेनिस राफाल नाडाल, सर्वियाका नोभाक जोकोभिच, हुवाँन मार्टिन डेल पोर्टो लगायतका शीर्ष खेलाडीको चुनौति पनि उत्तिकै छ ।
यसैगरी महिला तर्फको प्रतिस्पर्धामा अष्ट्रेलियन ओपनको पूर्व विजेता मारिया सारापोभाले पनि पहिलो जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरिन् । डोपिङ काण्डमा १५ महिना टेनिस खेल्न प्रतिबन्ध भएकी सारापोभाले मेलबर्नस्थित मार्गरेट टेनिस कोर्टमा तात्जना मारियालाई ६—१, ६—४ को सेटले पराजित गरिन् । ‘दुई वर्षपछि कोर्टमा फर्किएको छु ।’ सन २००८ को अष्ट्रेलियन ओपन च्याम्पियन सारापोभाले जितपछि भनिन—‘यो क्षणमा मैले एकदमै खुशीको अनुभूति गरेकी छु । यो मेरो लागि निकै स्मरणीय पनि हो ।’
फोटो फाईल


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…