
पोखरा(खेलाडी न्युज)— १२ औं संस्करणको दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगितामा नेपाल फाईनल प्रवेश गरेको छ । मंगलबार पोखराको लेकसाईडस्थित बाराहीघाट खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा पाकिस्तानलाई ४—१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
नेपालका लागि विनोद गुरुङले ह्याट्रिक पुरा गरे । म्यान अफ दि म्याचबाट पुरस्कृत गुरुङले १५, ४१ र ४३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । एक गोल भने बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सुनिल विकको नाममा रह्यो । शुशिल लामाको स्थानमा छिरेका विकले ३३ औं मिनेटमा गोल गरेका थिए ।
पाकिस्तानका लागि रसिद अहरामले २० औं मिनेटमा गरेका थिए । नेपालको तर्फबाट गोल भएपछि दवाबमा रहेको पाकिस्तानले हाफ हुन अघि बराबरी गोल गरेपछि नेपाली टिम दवाबमा खेल्न पुग्यो । यद्यपी खेल मिलाउँदै नेपालले दोस्रो हाफमा लय समाउँदै तीन गोल गरेपछि फाईनलको यात्रा सुनिश्चित बन्यो ।
यसैगरी अर्को सेमिफाईनल खेलमा बंगलादेशले भुटानलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको छ । निर्धारित समयमा गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटमा गरिएको थियो । उज्वल खान, सजिब र तुहिनले बंगलादेशको लागि गोल गर्दा राकेश, सम्पाउको गोल भएपनि भुटानी अर्का खेलाडी दह्यामको प्रहार सेभ भएपछि भुटान निराश हुन पुग्यो । खेलमा भुटानी गोलकिपर प्रवेश म्यान अफ दि म्याच घोषित भए । नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनको आयोजनामा गत पुस २९ गतेदेखि आयोजित प्रतियोगितामा नेपालले उपाधिको लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…