
एजेन्सी(खेलाडी न्युज)-वर्ष २०१८ को पहिलो ग्राण्डस्लाम अन्तर्गत अष्ट्रेलियन ओपनको तेस्रो दिन युक्रेनकी १५ वर्षिया मार्टा कोस्त्युकले पेङ सुहार्ईलाई पराजित गर्दै सनसनी मच्चाएका छिन् । पुर्व अष्ट्रेलियन ओपन जुनियर च्याम्पियनसिपमा उनले २५ औं स्थानमा रहेकी पेङलाई पराजित गर्दै इतिहास कोरेकी उनले दोस्रो चरणमा ओलिभियलाई पराजित गरिन् ।
उनले तेस्रो चरणमा भर्खरै वाइल्ड कार्ड मार्फत अष्ट्रेलियन ओपनमा सहभागिता जनाएकी ओलिभिया रोगोस्कालाई ६—३, ७—५ को सेटले पराजित गर्दै तेस्रो चरणमा पुगिन । अष्ट्रेलियन ओपनको भर्खरै प्राप्त र्यांक अनुसार मार्टा ५२१ औं नम्बरमा छिन् । उनको अष्ट्रेलियन ओपन पहिलो ग्राण्डस्लाम मात्रै नभई डब्लुटिए लेभलको पहिलो मुख्य प्रतिस्पर्धा समेत हो ।
अर्को खेलमा कारोलिन ओज्निस्कीले उत्कृष्ठ कम व्याक गर्दै तेस्रो सेटमा जित निकालेर अष्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरिन् । जान फेटसँगको प्रतिस्पर्धामा बराबरी सेट हुदाँ अन्तिम सेट असोचनिय रुपमा खेलमा फर्किदै सेट आफनो पक्षमा पारिन् । कुनै समय ५—१ को स्थितिमा रहेको —अन्तिम सेटलाई लिदैं ३—६, ६—२ र ७—५ को जित निकाल्दै अष्ट्रेलियन ओपनको यात्रालाई अगाडि बढाईन् । तेस्रो सेटमा दुई प्याच प्वाइन्ट जोगाउँदै खेल जित्न सफल भईन् । ११९ औं बरियता प्राप्त फेटको ग्राण्डस्लाममा एकल तर्फको मुख्य प्रतिस्पर्धामा भने पहिलो अनुभव हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…