एट ए साईडमा भारतीय पाहुना टोलीको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ३ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—रन्जित गुरुङ स्मृति एट ए साईड फुटबल प्रतियोगिता भारतीय टोलीले जित्दा घरेलु क्लबले पनि जित आत्मसात गरेका छन् । बगर भाईखलकद्वारा आयोजित प्रतियोगिता’को बुधबारको खेलमा भारतको कंचनजघा, इन्द्रेणी एकीकृत बिकास केन्द्र, आयोजक बगर भाइखलक ए र दिप युनाइटेड बिजयी भएका छन ।

भारत सिलिगुडी दार्जिलिङले स्थानिय लेकसाइड पोखरालाई २–१ ले पराजित ग¥यो । खेलमा सिलिगुडीका म्यान अफ दि म्याच विद्या राईले एक गोल गरे भने सुरज थापाले एक गोल गरे । लेकसाईडका लागि पंकज घिमिरेले गरे । इन्द्रेणी एकिकृत बिकास केन्द्र पोखराले साइनिङ सन कैलालीको चुनौतिलाई २–१ गोल पन्छायो ।इन्द्रेणीका तर्फ बाट राम प्रसाद गुरुङ र चित्र थापाले एक एक गोल गरे भने साइनिङ सनका लागि सुमन श्रेष्ठले एक गोल फर्काए ।

चितवन भेट्रानले जावलाखेल युथ क्लब काठमाडौलाई ३–० गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । जत  रबिन्द्र श्रेष्ठले २ र सूर्यनारायण मानन्धरले एक गोल गरे । तर खेलमा उत्कृष्ट खेल पदर्शन गर्दै म्यान अफ दि म्याचको पुरुस्कार जावलाखेलका राज कुमार केसीले पाए । दिप युनाइटेड पोखराले सिमरन भेट्रान्सलाई टा व्रेकरमा पन्छाएको छ । निर्धारित खेल अवधीमा २–२ गोल भए पछि टाइव्रेकरमा दिप युनाइटेड ३–२ गोल अन्तरले बिजयी बन्यो । बगर भाइ खलक युकेको टिम खेलको निर्धारित समयमा मैदानमा उपस्थित हुन नसक्दा वाक ओभरका आधारमा आयोजक बगर भाइ खलक ए बिजयी बनेको छ । ४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाउने प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने सचिव मानकाजी गुरुङले बताए ।