उदाङ्गो रंगशालामा सहाराको प्रशिक्षण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ४ गते २०७४ मा प्रकाशित


????????????????????????????????????

पोखरा(खेलाडी न्युज)- मैदानमा खेलाडीले प्रशिक्षण गरिरहेका छन् । पृष्ठभूमिमा पुर्वाधार भत्काईदैं छ । उदाङ्गो हुदैं गएको पोखरा रंगशालाको फुटबल मैदानमा सहाराले पाँचदिनपछि १६ औं सस्करणको आहा रारा गोल्डकप गर्दै छ । पुर्वाधार नभएपछि अस्थायी रुपमा दर्शकलाई प्यारापिटको सुविधा दिदैं सहारा क्लबले आफनो प्रतिष्ठित गोल्डकपलाई यस्तो जटिल परिस्थितिमा पनि सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
पुर्व विजेता समेत रहेको सहाराले १६ औं सस्करणमा आफनो शाख जोगाउने धुनमा नियमित प्रशिक्षण गरिरहेको छ । विहान र साँझ दुवै समय खेलाडीले प्रशिक्षण दिदैं निकै मेहनत गरिरहेका छन् । गत वर्षको उपविजेता सहाराले आफनो प्रतिष्ठितालाई पनि फुटबलमा देखाउनुपर्ने खाँचो समेत छ । १२ औं सस्करणको विजेता समेत रहेको सहाराले आफनो तयारीलाई अझ प्रभावकारी बनाउन गोलकिपर र अफ्रिकन खेलाडीलाई समिश्रण गर्ने जनाएको छ ।
‘अहिले सबैजसो घरेलु खेलाडीलाई मैदानमा उतार्ने योजनामा छु ।’ सहाराका नियमित प्रशिक्षक किरण श्रेष्ठले भने—‘दुई अफ्रिकन खेलाडी र एक गोलकिपरलाई ल्याउने विषयमा सल्लाह गर्दै छु ।’ गोलकिपरको रुपमा मनाङ मस्र्याङ्दीका पुर्व गोलकिपर विशाल श्रेष्ठलाई सहाराको गोलपोष्ट सम्हाल्ने सम्भावना छ । त्यसैगरी दुई अफ्रिकन खेलाडीको नाम भने यकिन भईसकेको छैन् ।
उत्तम गुरुङले कप्तानी जिम्मेवारी सम्हाल्छन् । मनबहादुर तामाङ डिफेन्सको भूमिकामा रहने छन् । लक्ष्मण जिसीले पनि विपक्षीलाई रोक्ने रणनीति अख्तियार गर्ने छन् । प्रशिक्षण श्रेष्ठले अधिकांश खेलाडी हिमालयन शेर्पा क्लबबाट व्यवसायिक फुटबल खेलेका युवा खेलाडीलाई सहाराले घरेलु टोलीमा समावेश गरेका छन् । प्रशिक्षणरत सहारा क्लका खेलाडीहरुलाई भर्खरै निर्वाचित कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले पोखराको इज्जत जोगाउँदै उपाधि जित्न शुभकामना व्यक्त गरे ।
भर्खरै खप्तड गोल्डकप विजेता नेपाली आर्मी, शसस्त्र प्रहरी, नेपाल पुलिससँगै मनाङ मस्र्याङदी, रुस्लान थ्रीस्टार जस्ता व्यवसायिक क्लबहरुसँगै भारत र बंगलादेशी टोलीबाट ७ लाख नगद राशीको गोल्डकपको लागि घरेलु मैदानमा घरेलु दर्शक समक्ष सहाराले प्रतिस्पर्धा गर्ने छ । धरान फुटबल क्लब, सुदुर पश्चिम ११ स्पोर्टिङ क्बल, रमपम झापा ११ को मोफसली टिम पनि सहभागि हुने छन् । सहारा क्लब अष्ट्रेलियाले दोस्रो पुरस्कार प्रायोजन गरेको छ ।

पृथ्वीराजमार्ग बस सञ्चालक समितिले उत्कृष्ठ पाँच विधाको पुरस्कार प्रायोजन गरेको छ । हिरो ड्यासले सर्वोत्कृष्ठ पुरस्कार स्वरुप स्कुटर प्रदान गर्ने छ । सनराईज ड्राइभिङ स्कुल प्रालिले सर्वाधिक गोलकर्ता पुरस्कार प्रायोजन गरेको छ । प्रदेश सांसद राजीव गुरुङ(दिपक मनाङ्गे)ले प्रतियोगितालाई ५० हजार आर्थिक सहयोग गरेका छन् ।

तस्वीर सुदर्शन रन्जित