
एजेन्सी(खेलाडी न्युज)- छैटौ पटकको अष्ट्रेलियन ओपन च्याम्पियन सर्वियाका नोभाक जोकोभिचले वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् । एल्बोको समयस्या छ महिना कोर्ट बाहिर रहेका जोकोभिचको यो लगायता १५ औं जित पनि हो । १४ औं स्थानमा रहेको उनले कोर्टमा पुनरागमन गर्ने क्रममा गायल मोनफिल्सलाई चौथो सेटमा पन्छाए । पहिलो सेट गुमाएका जोकोभिचले पछिल्ला तीन सेट जित्दै अष्ट्रेलियन ओपनको तेस्रो चरणमा आफुलाई उभ्याउन सफल भए ।
पहिलो सेट ४—६ को स्थितिमा गुमाएर दवावमा रहेका जोकोभिचले मोनफिल्समाथि दोस्रो सेट ६—३, तेस्रो सेट ६—१ र चौथो सेट ६—३ ले जित्दै कोर्टमा पुनरागमन गरेको खुशीयाली मनाए । उनले जितपछि कोर्टमा शिर झुकाई अभिवादन समेत गरेका थिए । यसैगरी अर्जेन्टिनी खेलाडी जे डेल पोर्टोले पनि आफनो प्रतिस्पर्धीलाई पन्छाउने क्रममा चौथो सेट लगातार खेले । दोस्रो र तेस्रो सेटमा टाइब्रकेरमा पुग्यो । डेल पोर्टोले के खाचनोभलाई ६—४, ७—६, ६—७ र ६—४ को सेटले पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् ।
महिला तर्फ भने शीर्ष बरियता खेलाडी पराजित हुने क्रम रोकिएन् । पहिलो दिन भेनस विलियम्स पराजित भएपछि लगातार शीर्ष खेलाडी पराजित हुने क्रम छ । नयाँ खेलाडीले अष्ट्रेलियन ओपनमा स्थान बनाउँदा अष्ट्रेलियन ओपनको चौथो दिन शीर्ष ३ मा रहेकी जोहाना कोन्ता पनि बाहिरिएकी छिन् । उनलाई २३ वर्षिय अमेरिकन खेलाडी बेनार्डा पेराले ६—४, ७—५ को सेटले पराजित गरिन् । कोन्ताले अधिकांश डबल फाउल्स हिर्काएपछि पराजित हुन पुगिन् । दोस्रो सेटमा ५—३ को अवस्थामा रहेकी पेराले तीन म्याच प्वाईन्ट गुमाईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…