
एजेन्सी—हारको श्रृखंलालाई जोगाउँदै रियल मड्रिडले तीन अंक जोडेको छ । खेल सकिन एकमिनेट बाँकी छदा गोल गर्दै जितको खडेरी रियल तोड्दा महत्वपूर्ण तीन अंक बटुल्यो। ८९ औं मिनेटमा मार्को असेन्सियोले रियलका लागि गोल गर्दै नायक बन्न पुगे ।
लेगानेसको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रियलले खेलको अन्तिम मिनेटमा गोल गर्दै जित सुनिश्चित बनायो । रियलको दोस्रो रोजाइको टोली उतारेका प्रशिक्षक जिनेदिन जिदानले ३ खेलपछि पहिलो जित हासिल गरेका हुन् । रियलले अर्को साता दोस्रो लेगमा अब घरेलु मैदान सेन्टीइगो बर्नेबाउमा लेगानेसलाई निमन्त्रणा दिने छ ।
लेगानेसले दोस्रो हाफमा गरेको प्रहार बारमा लागेर फर्किएपछि गोल गर्ने अवसर गुमाएको थियो । खेलको ८९ औं मिनेटमा थियो हर्नान्डेजको क्रसलाई सदुपयोग गर्दै रियललाई असेन्सियोले गोल दिलाए । क्रिस्टियानो रोनाल्डो लगायतका पहिलो रोजाईका खेलाडीलाई जिदानले विश्राम दिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…