भारत १० विकेटले विजयी, श्रीलंकामाथि पाकिस्तानको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ५ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-यु—१९ विश्वकपम क्रिकेट अन्तर्गत भारतले जिम्बावेलाई १० विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको जिम्बावेले ४८ ओभर एक बलमा १५४ रनमा समेटिएको थियो । एम सुबानेले सर्वाधिक ३६ रनको योगदान दिए । बेस्लेले ३०, लियाम रोचेले ३१ रन बनाए । अन्य खेलाडीको प्रदर्शन लोभलाग्दो देखिएन् । अनुकुल रायले सात ओभर बलिङ गर्दै २० रन खर्चिएर चार विकेट लिएपछि जिम्बावे सस्तैमा समेटिएको थियो । अभिषेक शर्मा र अर्शदिपले दुई दुई विकेट लिए ।
हार्दिक देसाईले नटआउट ६५ र सुभम गिलले नआउट ९० रन बनाएपछि भारतले जिम्बावेमाथि सानदार जित निकाल्यो । भारतले लक्ष्य केवल २१ ओभर ४ बलमा पुरा गर्यो । खेखलमा शुभम गिल म्यान अफ दि म्याच घोषित भए । भारतले लिग चरण अन्तर्गत पपुव न्युगिनीलाई पनि १० विकेटले पराजित गरेको थियो । भारत क्र्वाटरफाईनल पुगेको छ ।
यसैगरी पाकिस्तानले पनि श्रीलंकामाथि तीन विकेटले जित निकाल्यो । टस जितेर व्याटिङ गरेको श्रीलंकाले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै केवल १८८ रनको योगफल मात्रै तयार पार्यो । जे के सी डानियलले अर्धशतक पुरा गरे । उनले ७० बल खेल्दै चार चौका र एक छक्काको सहयोगमा ५३ रन बनाए । केएनए बान्द्राले ३७ रन बनाए । त्यसपछि अराचिगे र गुनाथिलाकाले १६—१६ बनाई पवेलियन फर्किएका थिए । पाकिस्तानका बलर सुलेमान साफक्वातले २९ रन दिएर ३ विकेट लिएका थिए । सहिनसाह अफ्रिदीले दुई विकेट लिए ।
पाकिस्तानले श्रीलंकाले दिएको लक्ष्य केवल ४३ ओभर ३ बलमा पुरा गर्यो । सात विकेटको क्षतिमा लक्ष्य पुरा गर्ने क्रममा अलि जारयाव असिफले महत्वपूर्ण इनिङ खेल्दै ५९ रन हिर्काए । त्यस्तै मुहम्मद जैद आलमले २८, मोहम्मद जाहाले २४, हसन खानले २४, मुहम्मद मुसाले २३ रन बनाए । श्रीलंकन बलर टी रष्मिकाले ९ ओभर बलिङ गरेर ४७ रन दिदैं ३ विकेट लिए । एलएन मालिङ्गा, डी लक्ष्मण, पी जयविक्रमा र एस गुनाथिलाकाले एक एक विकेट लिएका थिए ।