इंग्ल्याण्डद्वारा अष्ट्रेलिया चार विकेटले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ५ गते २०७४ मा प्रकाशित


एजेन्सी(खेलाडी न्युज)- इंग्ल्याण्डले त्रिकोणत्मक एकदिवसिय खेल अन्तर्गत शुक्रबार दोस्रो वान डे इन्टरनेशनलमा अष्ट्रेलियालाई ४ विकेटले पराजित गरेको छ । अष्ट्रेलियाले दिएको २७० रनको लक्ष्यलाई इंग्ल्याण्डले ३४ बल बाँकी छदाँ केवल ६ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो ।

टस जितेर व्याटिङ गरेको अष्ट्रेलियाले आरोन फिन्चको शतकीय पारी खेल्दै नौ विकेट २७० रनको योगफल तयार पारेको थियो । फिन्चले ११४ बल खेल्दै नौ चौका र एक छक्काको सहयोगमा १०६ रन बनाए । एमआर मार्सले ३६ रन र डेविड वार्नरले ३५ रन बनाएर पवेलियन फर्किए । त्यस्तै एटी कर्येले २७ रन एसपीडि स्थिथ(कप्तान) रुटको बलमा एलबी डब्लुको शिकार हुदैं पवेलियन फर्किदाँ केवल १८ रन बनाई क्रिजमा थिए । इग्ल्याण्डका बलर एयू रसिद र जेई रुटले २—२ विकेट लिए । त्यस्तै सिआर वेक्स, एलई प्लन्केट र एमएम अलिले १—१ विकेट लिएका थिए ।

अष्ट्रेलियाले दिएको २७० रनको लक्ष्यलाई इंग्ल्याण्डले ४४ ओभर दुई बलमा पुरा गर्दै जित निकाल्यो । जेएम बार्यस्टोले ६० रनको योगदान दिए । यसैगरी एडी हल्सले ५७ रन बनाएका थिए । रुटले ४६, बटलरले ४२ रन, वेक्सले ३९ रन र कप्तान मोर्गानले २१ रनको योगदान दिएका थिए । अष्ट्रेलियाका बलर एम ए स्ट्रकले दश ओभर बलिङ गर्दै ५९ रन खर्चिदै ४ विकेट लिए । जेए रिर्चडसनले ५७ रन खर्चिएर २ विकेट लिएका थिए ।