प्यारापिट भात्काउने काम रोकियो, गोल्डकप प्रचारप्रसार गर्न साईकल रर्याली

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ६ गते २०७४ मा प्रकाशित


धन बस्नेत,(खेलाडी न्युज)— माघ ९ गतेदेखि १६ औं सस्करणको आहा रारा गोल्डकप शुरु हुदैै छ । गोल्डकपको पूर्वसन्ध्यामा भत्काउने कामलाई स्थगित गरिएको छ । भत्काएर थुप्रिएको ढुंगा र अन्य सामानलाई सरसफाई गरिएको छ । गोल्डकप शुरु हुन अगावैदेखि पोखरा रंगशालाको दुई प्यारापिट भत्काउन थालिएको हो । गोल्डकपै समयमा भत्काउँदा आहा रारा गोल्डकपमा उपस्थित हुने दर्शक प्रभावित हुने छन् । ३५ वर्षे पुरानो र भूकम्पले जीर्ण प्यारापिटलाई रातो स्टिकर समेत टाँस गरिएको थियो । रातो स्टिकर टाँस गरिएपनि दुई ठूला प्रतियोगिता भने सम्पन्न भईसकेका छन् ।

१३ औं सागको लागि पोखरामा व्यवस्थित फुटबल मैदानसहितको प्यारापिट बनाउने लक्ष्य राष्ट्रिय खेलकुद परिषदले लिएको छ । महिला साग फुटबल गर्ने अभियानमा जुटेको राखेपले एक अर्बको लगानीमा फुटबल स्टेडियम बनाउन अन्तिम तयारीमा छ । यद्यपी ग्लोबल टेण्डर प्रक्रिया टुंगोमा पुगेको छैन् । छ कम्पनी मध्ये पाँचवटा अयोग्य घोषित भईसकेका छन् । पुर्नबोलपत्र आह्वान र सिधै मन्त्रीपरिषदबाट टुंग्याउने भन्ने विषय अन्यौल बनेको छ । ग्लोबल टेण्डरमा ग्रेट स्पोर्टस्रइन्फ्रा(भारत)—अल्कोर(फ्रान्स) संयुक्त मात्रै एकल प्रतिस्पर्धामा छ ।

ग्लोबल टेण्डरको प्रक्रिया नटुंगिदै पोखरा रंगशालाको दुई प्यारापिट भत्काईएको छ । भत्काईएको प्यारापिटको अहिले सरसफाई चलेको छ । तर भत्काउने काम भने सकिएको छैन् । ‘भत्काउने कामलाई स्थगित गरिएको छ । नैतिकताले पनि भत्काउन रोक्नु पर्यो तर हामीलाई रोक्नुपर्छ भनेर निर्देशन भने कतैबाट आएको छैन् ।’ जिल्ला खेलकुद विकास समितिका कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले भने—‘भत्काईएको फोहोरलाई व्यवस्थापन गर्ने काम भइरहेको छ ।’

उनले भत्काउँदै गरिएको प्यारापिटमा मानवीय दुर्घटनालाई ध्यानमा राख्दै दर्शक बस्न नहुने जिकिर समेत गरे । रातो स्टिकर टाँस गरिएको प्यारापिट अहिले भत्काउने क्रममा घनको प्रयोगले झनै थर्किएको भन्दै गोल्डकपमा दर्शक बसाल्नै नहुने उनको जिकिर थियो । ‘दर्शक बसाल्न नहुने सूचित गरेपनि आयोजकले त्यसप्रति गैरजिम्मेवारपन देखाउँछ भन्ने हाम्रो भन्नु केही छैन् ।’ उनको भनाई थियो ।

भत्काईएको फोहोर सारिदैं – भत्काईएको दर्शक प्यारापिटको फोहोरलाई व्यवस्थापन प्रक्रिया थालिएको छ । भत्काउने कार्य रोकिएपछि सरसफाई शुरु गरिएको कार्यालय प्रमुख बरालले बताए । ढुंगा, सिमेण्ट जोडाई, ब्लक सबैलाई व्यवस्थित रुपमा सरसफाई गरिएको छ । माघ दुई गतेसम्म भत्काई क्लियर गर्ने सहारा क्लबलाई आश्वासन दिएपनि भत्काउने काम भने अधकल्चो भएको छ । ‘हामीलाई दुईगतेसम्म क्लियर गरिदिन्छम भनेका हुन् ।’ सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले पत्रकार सम्मेलनमा भनेका थिए । तर ६ गतेवित्दा समेत सरसफाई हुन नसकेको गुनासो गरे । उनका अनुसार भत्काएर क्लियर गरेको भए दर्शकलाई फोल्डिङ सिष्टमको अस्थायी प्यारापिट निर्माण गर्ने थियौं ।

सहाराको साईकल र्याली- तीनपछि शुरु हुने गोल्डकपको प्रचार प्रसार गर्दै सहाराले साईकल र्याली निकाल्यो । र्यालीको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले उदघाटन गरे । पोखरा रंगशालाबाट शुरु भएको साईकल र्याली पोखराको बजार परिक्रममा गरी पोखरा रंगशालामै पुगेर टुंगिएको थियो । र्यालीमा साईकल सिटीका सदस्यहरुको उपस्थिति थियो ।