
सन्दीप लामिछाने
काठमाडौं, फागुन ६ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी–२० क्रिकेटको अक्सन आज हुँदैछ ।
भारतकाे चेन्नईमा आयोजना हुने अक्सनमा अक्सनमा कुल २ सय ९२ खेलाडी सहभागी हुने छन् । जसमा १ सय २५ विदेशी खेलाडी रहेका छन् । अक्सन अपरान्ह ३:१५ बजे सुरु हुनेछ ।
अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्नेछन् । जहाँ क्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् । नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएकाे नेपाल क्रिकेट संघले यस अघि जानकारी गराएकाे थियाे ।
तर, अन्तिम छनोटमा सन्दीप मात्र अटाएका हुन् । अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् ।
यसै सिजन दिल्ली क्यापिटल्सले सन्दीपलाई रिलिज गरेको थियो । सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…