
पोखरा-आहा रारा गोल्डकपको डिफेण्डिङ च्याम्पियन संकटा क्लबको चुनौतिलाई ४–१ गोलले पन्छाउँदै ए डिभिजन लिग लिडर मछिन्द्र फुटबल क्लब सेमिर्फानल प्रवेश गरेको छ । अफ्रिकन रुट्सलाई पराजित गर्दै गतवर्ष उपाधि उचालेको संकटाको २० औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल यात्राको सपनालाई मछिन्द्रले सोमबार पोखरा रंगशाला फुटबल मैदानमा ब्रेक लगायो ।
मछिन्द्रले साविक विजेतामाथि १३ औं मिनेटमा दबाव बनायो । मछिन्द्रका उत्सव राईको लङ रेन्ज पावर सट बल गोलमा परिणत भएपछि मछिन्द्रले स्पष्ट अग्रता लिदैं संकटामाथि दबाव सृजना गरे । संकटाका अमित तामाङले क्लियर गर्न खोजेको अभियान प्रधानसँग डिफ्लेक्ट भएर पाएको बललाई कलेक्ट गर्दै राईले लङ रेन्ज प्रहार गोलमा परिणत भएपछि मछिन्द्रले अग्रता लिन पुग्यो । पहिलो हाफमा त्यो नै एकमात्र गोल थियो ।
पहिलो हाफमै दोहोरो अवसरलाई गुमाएको संकटाको अन्तत उपाधि जोगाउने अभियानमा ठेस लागेको छ । छैटौं मिनेटमा दोहोरो अवसरलाई गुमायो । निरज बस्नेतले लामो प्रहार गर्दै पेनाल्टीबक्समा यानिक ओवानाले कलेक्ट गर्दै व्याक पास रोशन पहारीलाई दिए । रोशनको प्रहारलाई मछिन्द्रका गोलकिपरले बचाउ गरे । बल बचाउने क्रममा रिवाउण्डको अवसरलाई ग्लोरी सिक्स यार्ड बक्सबाट गोलगर्न चुके । व्याक टु व्याक अवसरलाई ग्लोरीको प्रहार मछिन्द्रका डिफेण्डर ओमोलाजा नुरेन करिमले गोललाईनबाट क्लियर गर्दै संकट टारिदिए ।
२७ मिनेटमा मछिन्द्रका रेजिन सुब्बाको क्रसबल सिधै पोष्टको फ्रेममा पर्यो । क्रसबारमाथि फाल्दै संकटाका गोलकिपरले बचाउ गरे । कर्नरको अवसर मछिन्द्रले पाएपनि सदुपयोग भने हुन सकेन् । ३६ औं मिनेटमा संकटाका लागि लक्ष्मण रुचालको फ्रिकिकलाई गोलपोष्टमै पुगेका निरज बस्नेतले फिनिसिङ टच दिन सकेनन् । फिनिसिङ नहुदाँ संकटाले मछिन्द्रसँग बराबरीको अवसरलाई गुमाउन पुग्यो ।
दोस्रो हाफमा मछिन्द्र केही आक्रमक बन्यो । ४७ औं मिनेटमा अभिषेक रिजालको पासलाई सदुपयोग गर्दै मेसुकेले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । नाथनियल जुडे ग्रासियाको लङ पासलाई अभिषेक रिजालले कलेक्ट गर्दै मेसुकेलाई उपलब्ध गराए । मेसुकाले गोल गर्न कुनै गल्ती गरेनन् । दुई गोलको अग्रतासँगै मछिन्द्रले दुई खेलाडी परिवर्तन गर्दै अझ आक्रमक बनाउने अभियानमा जुट्यो । ६७ औं मिनेटमा संकटाले गोल गर्दै खेलमा फर्किने कोशिस गर्यो । अमित तामाङको कर्नर बललाई निरज बस्नेतको हेड पासलाई बैकल्पिक खेलाडी गणेश हमालको हेडर गोलमा परिणत भएपछि दबावको महशुस केही कम गरे ।
तर मछिन्द्रले ८४ औं मिनेटमा अर्को गोल थप्दै जित सुनिश्चित बनायो । रन्जित धिमालले बल अगाडि बढाउने क्रममा अमित तामाङले लडाएपछि फ्रिकिको अवसर पाएको थियो । फ्रिकिकलाई करीमले प्रहार गरे । प्रहार संकटाका गोलकिपर राजाबावु थापाले बचाउ गरेपनि रिवाउण्ड बललाई क्लोज रेन्जबाट अभिषेक रिजालको स्थानमा मैदान छिरेका अभिषेक गुरुङले गोल गर्दै सेमिफाईनल ढुक्क बनाए ।
खेल सकिन चार मिनेट बाँकी रहँदा मेसुकेले व्यक्तिगत दोस्रो गोल गरे । प्लेयर अफ दि म्याचको हकदार बन्ने क्रममा मेसुकेले नाथनियलको फ्लिक पासलाई अफसाईड विट गर्दै गोल गरे । सेकेण्ड बारमा उनले गोल गर्दै डिफेण्डिङ च्याम्पियन संकटामाथि फराकिलो जित दर्ता गर्यो ।
संकटाका प्रशिक्षक राजकुमार केसीले पहिलो हाफ सोचे जस्तो खेल्न नसकेको प्रतिक्रिया दिए ।
उनले दोस्रो हाफमा जुन प्रदर्शन गर्यौं, पहिलो हाफमा त्यो प्रदर्शन गरेको भए नजिता आउने बताए । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले रेफ्रीको निर्णयप्रति असन्तुष्ट जनाए । मछिन्द्रले संकटासँगको खेलमा धेरै पहेलो कार्ड खाएपछि रेफ्रीको निर्णयप्रति असन्तुष्ट पोखे । यद्यपी उनले खेलाडीहरुको प्रदर्शनबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजनमा सञ्चालित २० औं सस्करणको आहा रारा गोल्डकपको अन्तिम क्र्वाटरफाईनल खेल रुस्लान थ्रीस्टार क्लबले विभागीय क्लब त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…