नेपालको सुखद शुरुवात, ओमान ३९ रनले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ६ गते २०७८ मा प्रकाशित


पोखरा-व्याटिङमा कमजोर देखिएको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली ओमानलाई पराजित गर्दै आइसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटमा सुखद शुरुवात गरेको छ । मध्यम लक्ष्य पछ्याएको घरेलु टोलीलाई ७८ रनमा अलआउट गर्दै नेपालले ३९ रनको जित निकालेको हो । कमजोर व्याटिङले फेरी एकपटक दोहोरिदाँ नेपालले बलिङको कमाल देखाउँदै जित आत्मसात गरेको हो ।

टस हारेर व्याटिङ गरेको नेपालले ११७ रनको मध्यम योगफल तयार पार्यो । ओमानको अलअमिरात मैदानमा आज भएको खेलमा नेपालले टस हार्दै व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११७ रन बनाएको थियो । ७ रन बनाउने क्रममा पहिलो विकेट गुमाएको नेपालले दोस्रो विकेट पनि सस्तैमा गुमायो । आशिफ शेखलाई ६ रनमा गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कुशल भुर्तेललाई ५ रनमा गुमाउँदा थप दबावमा पर्यो । ज्ञानेन्द्र मल्ललाई पनि व्यक्तिगत १५ रनमा खेलिरहेको अवस्थामा पभेलियन फर्किएपछि नेपालको व्याटिङमा फेरी एकपटक प्रश्नचिन्ह उब्जियो । दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हाल्न खोजेपनि सफल भएनन् । आरिफले ३८ रनको योगदान दिए । कप्तान सन्दिप लामिछानेले पनि ७ बलमा १६ रनको अविजित खेलेपछि नेपालले मध्यम लक्ष्म प्रस्तुत गर्यो ।

जवाफी ब्याटिङ गरेको ओमानले १७ ओभरमा सबै विकेट गुमाएर केवल ७८ मात्र रन बनाउन सक्यो ।नेपालले आजको जितसँगै २ अंक जोडेको छ । अब नेपालले सेमिफाइनल पुग्न क्यानडा वा फिलिपिन्समध्ये एकलाई हराए पुग्नेछ। नसिम खुशीले मात्रै दोहोरो अंकको रन बनाए । २४ रन ओमानको लागि सर्वाधिक बन्यो । अन्य व्याटरको प्रदर्शन दोहोरो अंकको रन खातामा देख्न र लेख्ने अवसर मिलेन् । कमलसिंह ऐरीले ३ ओभरमा १५ रन दिएर ३ विकेट लिएपछि ओमान घरेलु मैदानमा दबावमा परेको थियो । दिपेन्द्रसिंह ऐरी र कप्तान सन्दिप लामिछानेले समान दुई दुई विकेट लिए । खेलमा आरिफ प्लेयर अफ दि म्याच घोषित भए ।

यसअघी ग्लोबल क्वालिफायर खेल्नु अघि ओमानमा भएको ४ देशीय टी–२० शृंखलामा पनि नेपालले ओमानलाई हराएको थियो। तर, यूएई र आयरल्यान्डसँग पराजित बनेको थियो। ग्लोबल छनोटबाट फाइनलमा पुग्ने २ टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्नेछन्।