
पोखरा-साढे दुईदशकपछि जिमन्याष्टिकको नयाँ फ्लोर म्याट आईपुगेको छ । म्याट आइपुगेपछि जिमन्याष्टिकको आधारभूत प्रशिक्षण शुरु गराउने तयारी कास्की जिल्ला जिमन्याष्टिक संघले गरेको छ । म्याटकै अभावमा झण्डै साढे दुई दशकदेखि पोखरा रंगशालाभित्र जिमन्याष्टिकको प्रशिक्षण हुनै सकेको थिएन् । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आर्थिक सहयोगमा भारतबाट ६ इन्च मोटाईको फ्लोर म्याट आईपुगेको छ । स्थानीय तहको निर्वाचनपछि जिमन्याष्टिकको गतिविधि शुरु गराउने संघले जनाएको छ । ‘फ्लोर म्याट आएको छ । अब जिमन्याष्टिकको अधारभूत प्रशिक्षण गराउन सकिन्छ ।’ संघका अध्यक्ष योगेन्द्र गुरुङले भने–‘ अन्य हल छैन् । बहुउद्देश्यीय कभर्ड हलमै प्रशिक्षण गराउँछौं ।’ जिमन्याष्टिकको पुरानो म्याट जीर्ण भएर काम नलाग्ने अवस्थामा छ ।
प्रदेश सरकारले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेपछि जिमन्याष्टिकको फ्लोर म्याट भारतबाट खरीद गरी ल्याइएको हो । ‘रिङ, प्यारलल बार, साईड हर्स, स्प्रिङ बोर्ड लगायतका जिमन्याष्टिकका खेल सामाग्री आवश्यक रहेको संघका अध्यक्ष गुरुङ बताउँछन् । ‘ती सामान ल्याउन एक करोड भन्दा बढी खर्च हुन्छ’– उनले भने–‘जिमन्याष्टिकका सबै इभेण्टका प्रतिस्पर्धा राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश नै गरिएको छैन् ।’ उनका अनुुसार जापान जिमन्याष्टिक फेडेरेशनले नै सबै सामान सहयोग दिने प्रतिबद्धता समेत गरेको छ ।
प्रशिक्षक र सामान नहुदाँको पीडा वर्षौदेखि जिमन्याष्टिकले झेल्दै आएको संघका कोषाध्यक्ष एवं जिमन्याष्टिकका पूर्व राष्ट्रिय खेलाडी थमनबहादुर थापाले बताए । ‘पोखरा रंगशालामा जिमन्याष्टिकको प्रशिक्षण नभएको जुग नै भयो । वर्षैदेखि जिमन्याष्टिकका गतिविधि ठप्पै छ’– उनले भने–‘संघको नेतृत्व हामी आएपछि फ्लोर म्याट ल्याउन सफल भयौं अब प्रशिक्षण शुरु गराईने छ ।’ पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितामा आफु सहभागि भएको सुनाउँदै त्यतिबेला पनि पुराना खेलाडीलाई बोलाएर टिम बनाएर राष्ट्रिय प्रतियोगिता खेल्न गएको यथार्थता सुनाए । ‘सामान थिएन् । प्रशिक्षण छैन् । पुराना साथीलाई बोलाएर सहभागि बन्यौं’–उनले भने–‘प्रशिक्षण नहुदाँ पदकको अपेक्षा गर्ने कुरै भएन् ।’ पोखराले जिमन्याष्टिकमा पदक जित्न नसकेको तीन दशक भन्दा बढी समय भएको ठम्याई संघको छ ।
हिजोको अवस्था भन्दा विल्कुल फरक छ । हिजो सामान थिए । तर पूर्वाधार थिएन् । आज पोखरा रंगशालामा पूर्वाधार बन्दै गएका छन् । तर आवश्यक खेलकुद सामाग्री छैन् । पूर्वाधार नहुदाँ भए गरेको सामानबाटै जेनतेन प्रशिक्षण हुन्थ्यो । तर अहिले सामान पनि छैन् । खेलाडी पनि छैनन् । प्रशिक्षणको टुंगो हुन्न । प्रशिक्षक नै नहुदाँ प्रशिक्षण हुनै सक्ने अवस्था नभएको उनको भनाई थियो ।
कास्की जिल्ला जिमन्याष्टिक संघ सक्रिय नै छ । यद्यपी प्रशिक्षण गराउने तर्फ ध्यान दिएपनि प्रशिक्षकको अभावमा अडकिएको छ । कास्की जिल्ला जिमन्याष्टिक संघका अध्यक्ष गुरुङका अनुसार हिजो भएका प्रशिक्षकले पनि प्रशिक्षण नगराउँदाको दुर्दशा अहिले देखिएको छ । प्रशिक्षणनै नहुदाँ खेलाडी उत्पादन हुने सम्भावना नै भएको उनको ठम्याई छ । राष्ट्रिय खेलकुद परिषदले पनि जिमन्याष्टिकको लागि आवश्यक सामान उपलब्ध नगराईदिदाँको पीडा संघले भोग्दै आएको छ । ‘जिमन्याष्टिक संघको केन्द्रीय सदस्य समेत रहेका गुरुङले जिमन्याष्टिकको विकासको लागि आफैंले संघको नेतृत्व गरेका छन् । उनकै सक्रियतामा संघले ‘मदर अफ दि गेम’ जिमन्याष्टिकलाई नयाँ उचाईमा पुर्याउने लक्ष्य लिएको छ ।
कोभिड–१९ कै कारण प्रशिक्षक प्रशिक्षण गर्ने योजनालाई थाँती राखिएको उनले बताए । कोषाध्यक्ष थापाले गण्डकी प्रदेश खेलकुद परिषदले सञ्चालन गरेको तीन महिने प्रशिक्षकको तालिम समेत लिईसकेको सुनाए । नेपाल जिमन्याष्टिक संघले प्रदान गरेको एक महिने प्रशिक्षक कोर्ष समेत गरेर आएको बताउँदै आईसकेको फ्लोर म्याटमा प्रशिक्षण शुरु गराउने स्पष्ट पारे । उनका अनुसार ६ फिट लम्बाईका १२ वटा म्याट आईपुगेको छ । तीनवटा म्याट अझै आउन बाँकी छ । तीन वटा म्याट आईसकेपछि प्रशिक्षण गराउने संघले जनाएको छ । संघले प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्षको लागि १० लाख रुपैयाँ रातो किताबमै जिमम्याष्टिकको लागि थप बजेट राखिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…