सन्दिप क्रिकेटको राष्ट्रिय टोलीबाट निलम्बित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित


सन्दीप लामिछाने

पोखरा-जर्वजस्ती करणी कसुरमा आरोपित नेपाली क्रिकेटका राष्ट्रिय टोलीका कप्तान सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले निलम्बन गरेको छ । लामिछानेलाई बिहीबार राष्ट्रिय टोलीबाट निलम्बन गरिएको क्यानका कार्यबहाक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत भदौ २३ गते प्रहरी बृत्त गौशालामा लामिछाने विरुद्ध जर्वजस्ती करणको उजुरी परेको थियो । उजुरीकै आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेसँगै क्यानले लामिछानेलाई निलम्बन गरिएको जनाएको छ । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार लामिछानेलाई निलम्बन गरिएको जनाएको छ । लामिछाने यतिबेला क्यारेवियन क्रिकेट लिगमा व्यस्त छन् । उनी लिग सकिए लगत्तै नेपाल फर्किने जनाइएको छ ।