
सन्दीप लामिछाने
पोखरा-जर्वजस्ती करणी कसुरमा आरोपित नेपाली क्रिकेटका राष्ट्रिय टोलीका कप्तान सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले निलम्बन गरेको छ । लामिछानेलाई बिहीबार राष्ट्रिय टोलीबाट निलम्बन गरिएको क्यानका कार्यबहाक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गत भदौ २३ गते प्रहरी बृत्त गौशालामा लामिछाने विरुद्ध जर्वजस्ती करणको उजुरी परेको थियो । उजुरीकै आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेसँगै क्यानले लामिछानेलाई निलम्बन गरिएको जनाएको छ । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार लामिछानेलाई निलम्बन गरिएको जनाएको छ । लामिछाने यतिबेला क्यारेवियन क्रिकेट लिगमा व्यस्त छन् । उनी लिग सकिए लगत्तै नेपाल फर्किने जनाइएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…