
पराजितपछि निराश मुद्रामा मेस्सी । तस्बिर एपी
पोखरा-अर्जेन्टिनामाथि साउदी अरेबियाले ऐतिहासिक जित निकालेको छ । फिफा विश्वकपमा साउदी अरेबियाले महत्वपूर्ण तीन अंक जोेडेको छ । साउदी अरेबियाले मंगलबार अर्जेन्टिना विरुद्ध उत्कृष्ठ कमब्याक गर्दै २-१ गोलले पराजित गर्दै उत्कृष्ठता नमूना पेश गर्यो ।
खेलको पहिलो गोल गर्दै अर्जेन्टिनाले साउदी अरबमाथि दबाव सृजना गर्यो । खेलको ८ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । भिडियो असिस्टेण्ट रेफ्री(भिएआर)को सहयोगमा प्राप्त पेनाल्टीलाई मेस्सीले खेलको १० औ. मिनेटमा गोल गरेका थिए ।
तर अर्जेन्टिनाको अग्रता दोस्रो हाफमा लामो समय टिक्नै सकेन् । खेलको ४८ औं मिनेटमा साउदी अरेबियाले कमब्याक गर्यो । फेरस अल विक्रानको पासलाई सदुपयोग गर्दै खेलको ४८ औं मिनेटमा सलाहअल सेरीले उत्कृष्ठ गोल गर्दै साउदीलाई खेलमा फर्काए ।
बराबरी गोलले उत्साहित बनेको साउदीले ५३ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई दबावमा राख्यो । सलिम अल द्वसरीले गोल गर्दै अग्रता दिलाए । जुन गोलले अर्र्जेन्टिनामाथि जितको लागि पर्याप्त बन्यो । अर्जेन्टिनाले गोल फर्काउने प्रयास गरेपनि अफसल हुदाँ अन्तत साउदी अरेबियालाई नजिता सुम्पिदै फिफा विश्वकपको खराब शुरुवात गर्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…