
पोखरा- राजनीति र खेलकुद फरक पाटो हुन् । तर प्रकाश बरालको हकमा भने खेलकुद र राजनीति सिक्काका दुई पाटा हुन् । सक्रिय खेलकुद जीवनबाट राजनीतिमा होमिएका उनी प्रदेश सभा सदस्य चुनिएका छन् ।
प्रदेश सदस्यको टिकट पाएसँगै उनको राजनीतिक बृत्तमा हारजीतको चर्चा शुरु भईसकेको थियो । टिकट पाउने बेलासम्म उनी खेलकुदका कर्मचारी थिए । खेलकुदलाई मुलमन्त्र मानेर सधैं युवापुस्तालाई खेलकुदमा प्रेरित गर्ने उनको भूमिका थियो । क्लबहरुलाई खेलकुदप्रति हौस्याउन उनले हरदम सहयोगी भूमिका निर्वाह गर्दै आए । खेलकुदलाई विट मारेपछि राजनीतिमा होमिए ।
पार्टीगत राजनीतिमा लामो समय लागेपनि चुनावी रणनीतिमा पहिलो पटक होमिएका थिए । उनले अनुभवी एमालेका निवर्तमान प्रदेश सदस्य राजीव पहारीसँग चुनावी मैदानमा उत्रिएका थिए । चुनावी मैदानमा उत्रिएपछि हारजीत स्वभाविक नै हो । तर उनले कर्म, मर्म र धर्मले सबै अग्रज अनुजलाई सम्बोधन गर्दै आफुलाई अब्बल दर्याए । चुनावी नजिता आफनो पोल्टामा पारे ।
खेलकुदबाट राजीनामा दिने वित्तिकै प्रचारमा लाग्नुपर्ने उनको चुनौति थियो । चुनौतिलाई शिरोपर गर्दै आफनै जन्मभूमिक पुम्दीभुम्दीबाट उनले प्रचारप्रसारलाई आरम्भ गरे । अन्नपूर्ण गाँउपालिकाका वडा वडा घुमे । युवापुस्तालाई आफुप्रति समर्पित बनाउन हरप्रयास गरे । पोखरामा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहँदा उनले चुनावमा होमिने निधोसँगै जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुखबाट विदाई लिए । उनको राजीनामासँगै खेलकुद कास्की जिल्ला प्रमुख विहीन बन्यो । प्रतियोगिता टुंगियो । उनको यात्रा राजनीतिमा लम्कियो ।
विद्यार्थीदेखि राजनीति गर्दै आएका उनले पाएको पहिलो अवसरलाई उत्साहमा परिणत गरे । चुनौतिलाई पन्छाए । एमालेका उम्मेदवार राजीव पहारीलाई पराजित गर्दै इतिहास लेखे । उनी कास्कीको क्षेत्र नं ३(२)मा प्रतिस्पर्धा गरेका थिए । उनले १२३६७ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राजीवले ११९०२ मत प्राप्त गरेका थिए ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…