
काठमाडौं । नेपाल क्रिकेट संघले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ ।
चितवनमा बसेको बोर्ड बैठकबाट पारित भएको निर्णयमा चौतर्फी विरोध आएपछि क्यानले दुबै महिला र पुरुष खेलाडीको वर्गीकरणमा हेरफेर गर्ने क्यानले बिहीबार जारी गरेको विज्ञप्पतीमा उल्लेख गरेको छ ।

विज्ञप्पतीमार्फत क्यानले बिहीबार खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न निर्देशन दिएको छ । क्यानले पुरुषतर्फ १८ र पहिलो पटक महिलातर्फ १९ खेलाडीलाई विभिन्न तीन श्रेणीमा बर्गीकरण गरेको थियो ।
गएको ६ गते चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले १८ जना पुरुष र १९ जना महिला खेलाडीलाई विभिन्न श्रेणीमा वर्गीकरण गरेकोमा केही महत्वपूर्ण खेलाडीको नाम छुटेको भन्दै क्यानले परिमार्जन गर्ने निर्णय गरेको हो । क्यानले वर्गीकरण निर्धारण समितीलाई दुवै टिमका कप्तानसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्डमा पेस गर्न अनुरोध गरेको अध्यक्ष चतुरबहादुर चन्दले जारी विज्ञप्ति उल्लेख छ । संघका कोषाध्यक्ष रोशन कुमार सिंहको नेतृत्वमा रहेको समितिले बनाएको वर्गीकरणको चौतर्फी विरोध भएको थियो ।
वर्गीकरण भएपछि क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले वर्गीकरणमा भएको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…