खेलाडी न्युज(पोखरा)-तेस्रो राष्ट्रिय स्की प्रतियोगिता अल्पाईन संयुक्त सलालोम प्रतिस्पर्धामा पुरुष तर्फको उपाधि साहसराम श्रेष्ठले जितेका छन् । महिला तर्फको सोही इभेण्टको उपाधि भने गौरीमाया तामाङले जितेकी छन् । नेपाल स्की संघको आयोजना तथा स्थानीय मुस्ताङ पर्यटन व्यवसायीको व्यवस्थापन र सहकार्यमा हिमालीपारीको जिल्ला मुस्ताङको बारागुँ मुक्तिक्षेत्रमा सोमबार आयोजित प्रतियोगितामा सिनियर तर्फ अल्पाईन संयुक्त सलालोम प्रतिस्पर्धामा सुकदेव थापा दोस्रो र प्रगुन महर्जन तेस्रो स्थानमा रहे । महिला तर्फको प्रतिस्पर्धामा संगीता लामा दोस्रो र लक्ष्मी राई तेस्रो स्थानमा रहन सफल भईन् । जुनियर…
पुरा पढौ