तामाङलाई अक्टोबर मन्थ्ली मेडल गल्फ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १५ गते २०८३ मा प्रकाशित


पोखरा-हिमालयन गल्फ क्लबको आयोजनामा शनिबार भएको अक्टोबर मन्थ्ली मेडल गल्फको उपाधि प्रेम तामाङले जितेका छन् ।

हिमालयन गल्फको पार ६९ को कोर्षमा स्टेबल फोर्ड फूल ह्याण्डी क्यापमा भएको प्रतिस्पर्धामा तामाङले ३४ स्कोरसहित उपाधि जित्न सफल भए । त्यस्तै एएसपी लिलाजंग गुरुङ उपविजेता बने । उनले ३१ स्कोर गरेका थिए ।

विजेता गल्फरलाई प्रमुख अतिथि विश्वमान गुरुङले पुरस्कार प्रदान गरेका थिए ।