
लेखनाथ- छैंटौं लेखनाथ कप एवम् ११ औं क्योकुशिन कान फुलकन्ट्याक कराँते तथा जिल्लास्तरीय मुआथाई प्रतियोगिता शनिवारदेखि लेखनाथमा सुरु भएको छ । प्रतियोगितामा २५ देखि ५५ केजी तौल समूहका २०० खेलाडीको सहभागिता रहेको छ । नेपाल क्योकुशिन कान कराँते लेखनाथका डोजो प्रमुख सुवास खड्काको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बोल्दै पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले स्वास्थ्यका लागि खेलकुद निकै महत्वपूर्ण रहनेमा जोड दिए। पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले अध्ययन सँगै खेलकुदलाई पनि अगाडि बढाउन प्रतियोगीहरुलाई प्ररित गरे ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले सञ्चालन गरेको प्रतियोगितामा लेखनाथ यद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुली,प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, नेपाल क्योकुशिन कान कराँते कास्कीका व्राञ्च चिफ लक्ष्मण कुँवर लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्ुारुष र महिलाका छुट्टाछुट्टै समूहमा प्रतियोगितामक खेल हुने र विजयी खेलाडीले नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक बिनोद नेगीले जानकारी दिए । दुई दीवसीय रुपमा आयोजित प्रतियोगितामा निर्णायकहरु अर्जुन बराम, मोसेस कुमाल,अनिल बराम लगायत रहेका छन् भने जुरी निर्णायकमा धनबहादुर तामाङ,र ओमराज पुन रहेका छन् ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…