
पोखरा- गण्डकी प्रदेश टेनिस संघ, पोखराको आयोजनामा कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रंगशाला टेनिस कम्प्लेक्समा प्रथम ट्रयाङ्कुलिटी स्पा राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ हुने छ ।
नेपाल टेनिस संघको स्वीकृति तथा कास्की जिल्ला टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट ८ देखि १८ वर्षमुनिका ४३ जना गल्र्स तथा ब्वाइज खेलाडीहरूको सहभागिता जनाउने छन् । प्रतियोगितामा विभिन्न उमेर समूहमा सिंगल्स तथा डबल्स विधाका प्रतिस्पर्धा आयोजना हुने छ ।
राष्ट्रियस्तरमा प्रतिभाशाली जुनियर खेलाडीहरूको पहिचान, टेनिस खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवद्र्धन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ। प्रतियोगिताअन्तर्गत यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका गल्र्स तथा ब्वाइज खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेता खेलाडीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
गण्डकी प्रदेश टेनिस संघले स्थापनाकालदेखि नै जुनियर टेनिस प्रशिक्षण तथा खेलाडी उत्पादनलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएको छ। संघको निरन्तर प्रयास र प्रशिक्षण कार्यक्रमका कारण तीन वर्षको अवधिमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन् भने केही खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन् ।
संघले जुनियर टेनिस प्रशिक्षण कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विभिन्न विद्यालयहरूमा समेत प्रशिक्षण सञ्चालन गरिरहेको छ । प्रतिभावान बालबालिकाको पहिचान गरी उनीहरूलाई गुणस्तरीय प्रशिक्षण, प्रतियोगितामा सहभागिताको अवसर र आवश्यक सहयोग उपलब्ध गराउँदै खेलकुदमार्फत आत्मनिर्भर बनाउन संघ प्रतिबद्ध छ । यस अभियानले भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास छ ।
पोखरालाई टेनिस खेलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस प्रतियोगिताको मुख्य प्रायोजन ट्रयाङ्कुलिटी स्पाले गरेको अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…