साहसिक खेल

पानीजन्य(वाटरस्पोर्टस) खेलकुद पर्यटनको आधार

पोखरा-पोखरा र आसपासका क्षेत्रमा पानीजन्य खेलकुद(वाटरस्पोर्टस)को प्रचार सम्भावना भएपनि त्यसबारेमा अध्ययन हुनै सकेको छैन् । ताल, नदीनालामा पानीजन्य खेलकुदका गतिविधि सञ्चालन गर्ने पर्यटकीय खेलकुद प्रवद्र्धन गर्न सकिने सम्भावना छ । तर त्यस तर्फ सरोकार निकायको ध्यान गएको छैन् । गण्डकी प्रदेश विश्वकै उत्कृष्ट साहसिक खेलकुदको गन्तव्य बन्न सक्छ । कास्कीमा भएका तालहरुमा फ्लाट वाटर स्पोर्टस गर्न सकिन्छ । तालहरुमा फ्लाट वाटर गेम गर्न सकिन्छ । तालहरुमा वाटर स्की, पावर बोटिङ, स्कुभा डाईभिङ, वाटर बेलुन, कायाकिङ, लगायतका खेलकुद गतिविधि गरेर पर्यटन… पुरा पढौ

सदाका लागि अस्ताए प्याराग्लाईडिङका खेलाडी पाईलट

पोखरा-जोखिम बहन गर्ने साहसिक थिए । सबैले प्याराग्लाईडिङमा क्षेत्रमा उनलाई एक्स्ट्रा पाईलटको संज्ञा दिन्थे । एडभेन्चर बढी रुचाउने पारखी उनीसँग उडन मन पराउँथे । तर दुर्भाग्य अब उनले कहिल्यै टेण्डम उडान भर्ने छैनन् । हो उनै राजु नेपाली सोमबार सदा झैं आकाशमा उड्दा उड्दै सधैंको लागि अस्ताए । टेण्डम फ्लाईट उडान भर्दै आएको ३८ वर्षिय नेपालीको प्याराग्लाईडिङ उडानै क्रममा ज्यान गुमाए । उनको निधनले पोखराको प्याराग्लाईडिङ क्षेत्रले अनुभवी पाईटल गुमाएको छ । कराँतेले अनुशसित खेलाडी, प्रशिक्षक एवं रेफ्री गुमाएको छ… पुरा पढौ

पाईलट एवं कराँतेका खेलाडी नेपालीको मृत्यु

पोखरा-पोखरामा सोमबार क्योकुशिन कराँतेका खेलाडी एवं प्याराग्लाईडिङ पाईलट राजु नेपालीको मृत्यु भएको छ । प्याराग्लाईडिङमा टेण्डम फ्लाईट गराएका नेपालीको अवतरणस्थल भन्दा डेढकिलोमिटर पर दुर्घटनामा परी निधन भएको प्रहरीले जनाएको छ । उनीसँगै उडान भरेकी काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ वासीकु बस्ने वर्ष २८ की शिला श्रेष्ठ गम्भीर घाईते भएकी छन् । पाईलट नेपाली फिष्टेल कम्पनी मार्फत व्यवसायिक उडान भर्दै आएका थिए । सोमबार पनि उनले व्यवसायिक उडान भर्ने क्रममा फेवाताल किनारमा अवतरण हुनु भन्दा डेढकिलोमिटर पर दुर्घटना भएको प्रहरीले जनाएको छ ।… पुरा पढौ

गण्डकी प्रदेश साहसिक खेलकुदको हब

पोखरा-गण्डकी प्रदेश आफैंमा साहसिक खेलको उर्वर भूमी हो । प्याराग्लाईडिङदेखि बन्जी जम्प, अल्पाईन स्कीदेखि वाल क्लाईम्बिङ । र्याफटिङदेखि क्यानोनिङसम्म साहसिक खेलको मजा लिन सकिन्छ । कास्कीसँगै जोडिएको पर्वत र बाग्लुङलाई जोड्ने कालीगण्डकी नदीमाथि बलेवामा विश्वकै अग्लो स्वीङ र दोस्रो अग्लो बन्जीजम्प शुरु हुदैं छ । कार्तिक १५ गतेदेखि सञ्चालनमा आउँदै छ । यसले एडभेन्चर स्पोर्टसलाई बढवा दिएको छ । दि क्लिफ प्रालिले शनिबारदेखि आफना साहसिक गतिविधिलाई सर्वसाधारणको लागि खुला गर्ने छ । प्रालिका अध्यक्ष राजु कार्कीले लकडाउनले केही ढिलो भएको… पुरा पढौ

साईक्लिङलाई ९८ किलोमिटरको ट्रयाक

पोखरा-पोखरा महानगरपालिकाले कास्कीका ९ वटै ताललाई जोड्ने गरी साईकल ट्रयाक निर्माणको प्रारम्भिक अध्ययन शुरु गरेको छ । पोखरा महानगरपालिका शहरी योजना आयोग तथा साईकल सिटीको सहयोगमा साईकल ट्रयाक निर्माणको लागि प्रारम्भिक अध्ययन शुरु गरेको हो । साईकल सिटी पोखराले प्रारम्भिक अध्ययन गर्दै म्याप बनाउने, भ्यु प्वाईन्ट राख्ने, रेखाकंन गर्ने लगायतका कामहरु गरेको छ । ‘बाराहीघाटबाट शुरु भएको ट्रयाक महानगरकै १६ वटा वडालाई छुन्छ ।’ साईकल सिटी पोखराका आजिवन सदस्य चिन्तामणि बास्तोलाले सुनाए–‘बाराहीघाटमै आएर ट्रयाक र रुट टुग्याईने गरी रेखाकंन गरिदै… पुरा पढौ

कोरियन पाइलट प्याराग्लाईडिङ वर्ल्डच्याम्पियन,टिम इभेण्टमा नेपाल च्याम्पियन

प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुरको उपाधि कोरियन खेलाडी च्याम्पियन बन्दा टिम तर्फ नेपालीले उपाधि आफनो नाममा लेखाएको छ । तेस्रो दिनको शनिबारको टास्क पुरा गर्दै कोरियन खेलाडी(पाईलट) जङमन चोयले व्यक्तिगत तर्फ २२२० स्कोरसहित वल्र्ड च्याम्पियन बने । उनले तेस्रो दिको टास्क पुरा गर्दा पहिलो दिन २४५ अंक जोडे । दोस्रो दिन ९९२ अंक र तेस्रो दिन ९८३ अंक जोड्दै उपाधि जित्न सफल भए । अन्तिम दिनको टास्क ४७ दशमलव ८ किलोमिटरको थियो ।दोस्रो स्थानमा नेपालका विशाल थापा आए । उनले तेस्रो दिनसम्मको… पुरा पढौ

प्याराग्लाईडिङ वर्ल्डकप–एशियन टुर

तीन दिनको खराब मौसमपछि पोखरामा आयोजित प्याराग्लाईडिङको वर्ल्डकप–एशियन टुर २०२० को पहिलो टास्क पुरा भएको छ । पहिलो दिनको टास्क पुरा गर्ने क्रममा टिम कोरिया र व्यक्तिगत पुरुष तर्फ पनि कोरियन खेलाडी शीर्षस्थानमा छन् । नेपाल खेलाडी युकेश गुरुङ भने व्यक्तिगत क्रसकन्ट्री विधामा चौथो स्थानमा रहेर वर्ल्डकप टुरको पहिलो दिनको टास्क टुंग्याएका छन् । नेपाल हवाई खेलकुद संस्था(ना)को आयोजनामा सञ्चालित वल्र्डकप –एशियन टुरको पहिलो दिन ४० किलोमिटरको टास्क पुरा गदै व्यक्तिगत तर्फ कोरियन पाईलट चिक योङले ७५० अंकसहित अग्रता लिएका… पुरा पढौ

प्याराग्लाईडिङमा नेपाललाई ऐतिहासिक पदक

पहिलो सहभागितामै नेपालले प्याराग्लाइडिङबाट १८ औं एशियन गेम्समा ऐतिहासिक रजत पदक जितेको छ । पुरुष टिम क्रसकन्ट्रीका विधामा नेपालले पाँच राउण्डको समाप्तीपछि ऐतिहासिक पदक जितेको हो । नेपालले अन्तिम दिन बुधबार १ किलोमिटरको टास्क पुरा गर्दै केवल २७ अंकले पछि पर्दै रजतमा चिक्त बुझायो । स्वर्ण पदकको लागि बुधबारको अन्तिम टास्कमा नेपाल जापानसँग झिनो अंकको मतान्तरमा रहँदै रजत पदकमा ल्याण्डिङ गर्यो । आयोजक इण्डोनेसिया भने तेस्रो स्थानमा रहँदै प्रतियोगितालाई विट मार्यो । संयोग नै मान्नुपर्छ प्याराग्लाईडिङ शुरु भएको ठ्याक्कै २०… पुरा पढौ

राष्ट्रिय स्कीको अल्पाईनमा साहस र महिला तर्फ गौरीलाई उपाधि

खेलाडी न्युज(पोखरा)-तेस्रो राष्ट्रिय स्की प्रतियोगिता अल्पाईन संयुक्त सलालोम प्रतिस्पर्धामा पुरुष तर्फको उपाधि साहसराम श्रेष्ठले जितेका छन् । महिला तर्फको सोही इभेण्टको उपाधि भने गौरीमाया तामाङले जितेकी छन् । नेपाल स्की संघको आयोजना तथा स्थानीय मुस्ताङ पर्यटन व्यवसायीको व्यवस्थापन र सहकार्यमा हिमालीपारीको जिल्ला मुस्ताङको बारागुँ मुक्तिक्षेत्रमा सोमबार आयोजित प्रतियोगितामा सिनियर तर्फ अल्पाईन संयुक्त सलालोम प्रतिस्पर्धामा सुकदेव थापा दोस्रो र प्रगुन महर्जन तेस्रो स्थानमा रहे । महिला तर्फको प्रतिस्पर्धामा संगीता लामा दोस्रो र लक्ष्मी राई तेस्रो स्थानमा रहन सफल भईन् । जुनियर… पुरा पढौ